प्रीयन्का दास
कलैया,भदौ १०

श्री कृष्ण डेन्टल क्लिनिक कलैयाले निशुल्क दन्त शिबिर सन्चालन गरेको छ । रामराजा मोबि साह बहुमुखी क्याम्पस कलैयाका बिद्यार्थी केन्द्रित गरि सन्चालन गरिएको दन्त शिबिरमा बिद्यार्थीहरुको दात सम्बन्धी समस्याको चेकजाँच गरिएको डक्टर मुकेश कुमार यादवले बताए । डाक्टर यादवका अनुसार शिबिरमा चेकजाँच गराएपछी क्लिनिकमा पनि सोही बिद्यार्थी आए पूरा निशुल्क र उनिहरुका परिवारका सदस्य आए ५० प्रतिशत छुटमा चेकजाँच गरिने समेत कृष्ण डेन्टल क्लिनिकले जनाएको छ । क्लिनिकमा दात झर्ने,दात बाङिएकोलाई मिलाउने,दात सफा गर्ने,नक्कली दात राख्ने,दात रोप्ने,एक्सरे गर्ने जस्ता उपचारमा बिद्यार्थी लाई ५०% सम्म छुट तथा उनिहरुका अभिभावकलाई १० देखि २५% सम्म छुट हुने ब्यवस्थापन मिलाईएको क्लिनिकका डाक्टर चान्दनी यादवले बताईन।१०० जना बिद्यार्थीको गरिएको दन्त शिबिरमा क्लिनिकको डाक्टरहरु मुकेश यादव,चान्दनी यादव, मरिना बिराजी सन्दिप साह, डिएच गरिमा चौधरी, स्टाफ करुणा सुवेदी सहितकाले चेकजाँच गरेका थिए । अस्पताल रोड बेलपाती मन्दिर नजिक रहेको क्लिनिकमा जनतालाई सहज रअ सरल दन्त उपचार गरिने क्लिनिकको उदेश्य रहेको क्लिनिकले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर