साजिर मन्सूर
कलैया,भदौ १०

कलैया उपमहानगरपालिकाले महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा सुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम भब्यताका साथ मनाएको छ। खासगरी हाम्रा समाजका दिदिबहिनीले आफ्नो बर्ष भरिको सम्झना दुख पीडा बिर्सन नाच गान गरेर रमाईलो गर्ने गर्छन । यो बर्ष को हरितालिका तिज भदौ १४ गते परेको छ ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि कलैया उपमहानगरपालिका का मेयर बिनोद साहले“तिज हिन्दु धर्म मान्ने महिलाहरूको एउटा विशिष्ट पर्व भएको बताए । सामाजिक विविधतायुक्त समाजमा यस पर्वको छुट्टै महत्व छ साहले थपे। साहले यस्ता कार्यक्रमले महिला कर्मचारीहरुको मनोबल बढ्ने र कार्य सम्पादनमा समेत यसले मनो सामाजिक सकारात्मक असर पार्ने बताए ।
उप मेयर रौशन प्रबिणले मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा तिजले विशेष टेवा पुरयाउन मद्दत पुरयाएकोे बताईन ।
तिज आत्मीयता र सद्भावको पर्व पनि हो भन्दै निराहार ब्रतका नाममा पानीसमेत नखाई भोकभोकै ब्रत बस्नु आफैमा गर्वको बिषय भएको कार्यक्रमको बिशेष अतिथी बान कि केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महा संघ बाराकी पुर्व उपाध्यक्ष पृयन्का दासले बताईन । कर्मचारीहरुको सम्मानमा कुनै कमि नहुने र कार्य सम्पादनमा समेत उच्च स्थानका लागि सबै कर्मचारी अहोरात्र आ आफ्नो काममा लागेको प्रमुख प्रशासकिय अधिकृत नाथु साहले बताए ।
कार्यक्रममा उपमहानगरपालिकाको महिला कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर