साजिर मन्सूर
कलैया,भदौ २४

नेपाल बिद्यार्थी संघ बाराले अनाथ बालबालिकाहरुलाई फलफूल बितरण गरेको छ । संघ बाराले १०९ औँ विपि जयन्तीको अवसरमा कलैयाको अमृता अनाथ आश्रम मा अनाथ वालवालिकाहारूलाई फलफूल वितरण गरेको नेबि संघ बाराका अध्यक्ष राकेश पाण्डेले जनाएका छन ।
कार्यक्रममा सम्बोधन गर्दै काङ्ग्रेस नेता एवम जिल्ला सचिव राजेश रौनियारले बिपि का सिधाान्तका बारेमा चर्चा गरेका छन । पार्टीलाई आउदो चुनावमा काङ्ग्रेस को गढका रुपमा बारालाई चिनाउने गरि काम गर्न नेता कार्यकर्ता लाई आग्रह गरेका छन । आजै नेताहरुले पार्टी कार्यालयमा रहेको बिपिको शालिकमा माल्यार्पन गरेर अनाथालायमा गएका थिए । सो अवसरमा नेपाली काँग्रेस बाराको जिल्ला सचिव दाई राजेश रौनियार अर्का जिल्ला सचिव भैयाराम यादव, निजामुदिन अन्सारी, विनय राज शर्मा,प्रवीण पटेल, एकाई सभापति रबि गुप्ता,सद्दाम हुसेन,आशिक मिया लगायतकाे उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर