साजिर मन्सूर
कलैया,भदौ २४
नेपाल पत्रकार महा संघ बारा शाखा र जिल्लाको १६ वटै स्थानिय तह बिच समृद्ध बिकासका लागि अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महा संघ बारा शाखाको सभाहलमा आयोजित कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधिले बाराको बिकासमा सबै मिलेर हिड्नु पर्ने बताएका छन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मधेश प्रदेश सरकारको गृह एवम सुचना तथा सन्चार मन्त्री भरत साहले प्रदेशको सन्चार लाई सबल र उत्कृष्ट बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए ।
बारामा पछिल्लो समयमा आफुलाई पत्रकार भन्दै ठगी गर्ने बारेमा चर्चा चल्नु दुखद भएको र यसको बिषयमा पत्रकार महा संघ बारा र प्रशासनले ध्यान दिनुपर्ने सहभागिहरुले बताएका छन ।
बाराका प्रजिअ कृष्ण बहादुर कटुवालले कार्यक्रमलाई सम्बोधन गर्दै बिना प्रमाण बिना आधार कसैको चरीत्र हत्या हुने खालको समाचार सम्प्रेषण गर्न नहुने बताए । राम्रो कामको लागि सबै एक भएर लाग्नुपर्छ भन्दै यसको समन्वयको लागि आफू तयार रहेको कटुवालले बताए ।
बिना कमिशनको कुनै पालिकाले काम गर्दैन भन्दै कमिशन लिनेको बारेमा खुलेर लेख्न माओवादी नेता मुकेश साहले बताए । कमिशन दिएर केही पत्रकारलाई आफ्नो बारेमा लेख्न लगाउने प्रवृत्ति बढेकाले सत्य लेख्ने सबै जनता पत्रकार भएको माओवादी नेता मुकेश साहले बताए । समाजमा सबैले असल काम गर्न सक्ने बाताबरण पत्रकारको असल लेखाईले सिर्जना गर्न सक्ने मुकेश साहले बताए । महासंघ बारालाई एक बर्षको लागि वाईफाई जडान गर्न आफुले सहयोग गर्ने युवा नेता साहले घोषणा गरे । कार्यक्रममा बाराका विभिन्न स्थानिय तहका प्रमुख उप प्रमुख सहित स्थानिय प्रशासनका प्रमुख र राजनैतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । महा संघका अध्यक्ष रेशम तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव अनिल गौरवले गरेका थिए । स्वागत एवम कार्यक्रमका बारेमा उपाध्यक्ष रामबाबु मेहताले प्रकाश पारेका थिए ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702