
साजिर मन्सूर
कलैया,भदौ २५
कुनै पनि देशमा स्थानिय भाषा मरे त्यस देशको वा त्यो समाजको अस्तित्व मर्ने सम्बिधान सभा सदस्य तथा भाषा बिद डाक्टर गोपाल ठाकुरले बताएका छन । स्थानिय भाषाको लोप भए सब भन्दा पहिले त्यहाको उत्पादन मर्ने ठाकुरले ठोकुवा गरेका छन । ठाकुरले आफ्नो मातृ भाषाका लागि सबै लाग्नुपर्ने बताउदै आ आफ्नो स्थानिय तहमा भोजपुरी भाषामा निबेदन लिएर जान आम भोजपुरी भाषी सङ्ग आग्रह गरे ।
भोजपुरी भाषा साहित्य र संस्कृति को उत्थानका लागि भोजपुरी भाषाको नबिनतम प्रकाशन कृति “ए हिरामन सुगा” को बिमोचन तथा अभिनन्दन कार्यक्रमलाई बिशिस्ट अतिथिका रुपमा डाक्टर ठाकुरले यस्तो बताएका छन । कृतिको लेखक नेपाल भोजपुरी प्रतिस्ठान बारा शाखाका अध्यक्ष रामप्रसाद साहलाई उनले भोजपुरी भाषाको लागि पुर्याएको योगदानलाई भोजपुरी समाजले कहिल्यै नबिर्सने बताएका छन । छन्दबद्द भोजपुरी गित संग्रहका रुपमा लेखिएको ए हिरामन सुगाले भोजपुरी भाषाको बिकासमा योगदान दिने सबैले अपेक्षा गरेको ठाकुरले बताएका छन ।
सदरमुकाम कलैया स्थित एभरेस्ट लजमा आयोजित कार्यक्रममा प्रतिस्ठान बाराका उपाध्यक्ष जङ्गबहादुर यादवको अध्यक्षता एवम कलैया उपमहानगरपालिका को उप मेयर रौषन प्रविणको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथि भोजपुरीको बरिस्ठ साहित्यकार रक्सौल निवासी डा. हरिन्द्र हिमकर,कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकिय अधिकृत नाथु साह, कलैया उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख प्रल्हाद बर्णवाल,गायक एवम सङ्गितकार अजमत अलि,सन्चारकर्मी एवम बिरगंज सङ्गीत कला परिषद पर्साका उपाध्यक्ष साबिर हुसेन,कबियत्री अनिता साह,प्रीया मिश्रा,अस्मिता पटेल,लेखक एवम नेपाल भोजपुरी समाज बिरगंजको उपाध्यक्ष रितुराज,भोजपुरी ईतिहासकार बिजय पाण्डे, नेपाल भोजपुरी प्रतिस्ठान पर्साका अध्यक्ष उमा सन्कर दुबेदी,भोजपुरी गायक रामबेलाश भगत लगायतकाले कार्यक्रममा भोजपुरी भाषाको बिकासका लागि बोलेका थिए ।
बिश्वास एफएम कलैयाका कार्यक्रम प्रस्तोता सन्जु बाबा मोचिले सन्चालन गरेको कार्यक्रममा स्वागत नेपाल भोजपुरी प्रतिस्ठान बाराका उपाध्यक्ष सुरेश मोदकले गरेका थिए ।