बारा । सोमबार असोज ३ गतेका दिन संविधान दिवसको अवसरमा नेकपा एमालेका नेता महमुद आलमको हत्याको अभियोगमा जन्मकैदको सजाय पाएर जेलमा रहेका पुर्ब एमालेका नेता रामचन्द्र कुशवाहा प्याशी रिहा भए ।
त्यस लगत्तै उनको रिहाई को बिरोध सुरु भयो । एमालेका नेता महमुद आलमको हत्या गरेको भन्दै अदालत ले जन्मकैद को फैसला सुनाएको थियो ।
यद्यपि ऊनी रिहा भए पछी आलमका परिवारले बिरोध प्रदर्शन गरेका छन्। ऊनीहरुले परवानीपुर बजारमा आलमका परिवारले प्याशीको रिहाईको विरोधमा विभिन्न प्लेकार्ड सहित प्रदर्शन गरेका हुन्।
बिरोधमा ऊनीहरु ले नेपालमा जन्मकैद भनेको ८.५ बर्ष मात्रै हो, पिडीतलाई न्याय खोई? दोषीलाई कारवाही गर,अराधी छोड्ने सरकार मुर्दावादलगायतका नाराहरु लगाएका थिए ।