
साजिर मन्सूर
कलैया,असोज ७
बाल एकता बाे. स्कुल कलैयाका कक्षा ६ र ८ का स साना विद्यार्थीहरुले समाजिक कार्यमा अहिले देखि सक्रियता बढाएका छन । विद्यार्थीहरुले आफ्नाे दैनिक खाजा खर्चबाट बचत गरेकाे रकमले कलैयाकाे अमृता अनाथाश्रम का बच्चालाई खाद्यान्न तथा प्रादेशिक अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफुल, जुस तथा पानी वितरण गरी समाज सेवामा अहिले देखि नै सक्रियता बढाएका छन । सानै देखि समाजिक कार्य र सहयोगको भावना बढाउन यस्ता क्रीयाकलाप जरुरी रहेको बिद्यार्थीले बताएका छन । बिरामीहरुले यो कार्यको खुलेर प्रसंशा गरि सहयाेगी साना हातहरुलाई धन्यवाद दिएका छन । बिधालयका नेपाली बिषयका शिक्षक मनोज सेढाईले सामाजिक विषय अन्तरगतकाे बाल क्लबले गर्ने कार्य तथा विद्यार्थीहरुलाई सामाजिक कार्यमा उत्तरदायी बनाउन तथा अझ जागरुक गराउन बिद्यार्थीहरुलाई यस्तो क्रियाकलापले सहयोग गर्ने बताएका छन । सेढाईले बिद्यार्थीहरु आफै यस्ता खालका समाजिक र मानविय काम गर्ने देखेर बिधालय परिवारलाई समेत गर्व लागेको बताएका छन ।
कक्षा ८ कि ईत्या साहले अनाथाश्रम मा चिनी,चिउरा,भुजा,दालमोट,कपि र कलम लगायतका खाद्यान्न सामग्री बितरण गरिएको जनाईन। यस्तै कक्षा ६ मा अध्ययनरत श्रेया सरार्फले कलैया अस्पतालमा रहेका ६० बिरामिलाई फलफूल बितरण गरिएको बताईन ।
कलैया अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सरोज साहले बिद्यार्थीहरुको कामलाई देखेर हौसिएका थिए । वहाले यस्ता खालका कामले बिद्यार्थीको शैक्षिक स्तर अझ राम्रो हुँदै जाने बताए । बिधालयका प्रधानाध्यापक रुपेश स्वर्णकारले बिद्यार्थीहरुको स्माज प्रतिको सकारात्मक सोचलाई बिधालय प्रशासनले समेत नियालिरहेको र बिद्यार्थीहरुलाई सहयोग गर्ने बताए ।
सो अवसरमा कक्षा ६ र ८ का गरि करिब २ सय छात्र छात्रा हरु सहित बिधालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।