साजिर मन्सूर
कलैया,असोज २४
नेपाली काङ्ग्रेस बाराका सचिव राजेश रौनियारले काङ्ग्रेसको आगामी १५ औ महाधिवेशनमा आफू मधेस प्रदेशको सभापति पदमा लड्ने उदघोष गरेका छन । बारा सदरमुकाम कलैया स्थित आफ्नै सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव रौनियारले पार्टीका लागि आफुले निरन्तर रगत बगाएको र आम नेता कार्यकर्ताको उच्च सम्मान र उज्वल राजनितीक भविष्य निर्माणक लागि मधेस प्रदेशको सभापतिमा आफ्नो उम्मेदवारी अत्यावश्यक रहेको बताएका छन ।
मङ्सिर ४ मा हुन लागेको निर्वाचनमा यहाको उम्मेदवारी किन आएन भन्ने सवालमा रौनियारले बारा निर्वाचन छेत्र नम्बर २ ख बाट आफ्नो टिकट निस्चित रहेको बताईएपनी एकाएक अन्त्यमा आएर टिकट काटिनुले आफू लगायत सम्पुर्ण युवा नेताको अवमूल्यन भएको आफुले महसुस गरेको बताए । तथापी रौनियारले काङ्ग्रेस सम्मीलित सत्ता गठबन्धनका सारा उम्मेदवार लाई भारी बहुमतले बिजयी गराउन सबै सङ्ग आग्रह गरेका छन । पार्टीमा अन्तर संघर्ष चलिरहने बताउदै आफुले अपरिपक्व राजनितीक ब्यवहार नगर्ने समेत बताएका छन । उनले आफू निकट सबै सङ्ग खुलेर सत्ता गठबन्धनलाई बिजयी गराउन आह्वान गरेका छन ।
पार्टीमा सधै लाभको लागि मरिहते गर्नेहरु,लोकतान्त्रिक चरीत्रको खोल ओढेर काङ्ग्रेसमा सम्भावना बोकेका योग्य र कर्मठ युवाहरुको राजनितीक भविस्य प्रती खेलवाड गर्ने नेतृत्व पंक्ति जसले आफ्ना नातागोता, खेतालाहरुको टिकटका लागि हामी जस्ता युवालाई बलि चढाएको प्रती दुख प्रकट गरेका छन । आउने दिनमा पार्टी भित्रै रहि त्यस्ता बिक्रीती बिरुद्द निरन्तर लडिरहने र अन्यायमा परेका तमाम काङ्रेसिको आवाज बुलन्द गर्ने समेत रौनियारले बताएका छन ।
ताजा समाचार
© 2025, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702