साजिर मन्सूर
कलैया,असोज ३०

बारा क्षेत्र नं.१ को प्रतिनिधी सभा सदस्य निर्वाचन २०७९ को स्वतन्त्र उम्मेदवार अनिल कुमार गुप्ताले आफ्नो चुनावि घोषणा –पत्र सार्वजनिक गरेका छन । गुप्ताले आफ्नो घोषणा पत्रमा निम्न कुराहरुलाई महत्व दिएका छन ।

मेरो नजरमा पहिले म गरौं ,
अरुले पछि गर्ला, अहिले म गरौं,
आज सम्म दलले गरें, अब बदल्लने गरौं,
परिवर्तनलाई खोजौ, सोच बदलौ,
पार्टीलाई होईन, स्वतन्त्रलाई रोजौं ।।
१. शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन, फोहोर ब्यवस्थापन, संस्कृति जोगाउने, सम्पदा संरक्षण, खेलकुद, डिजिटलाईजेशन, भाषको संरक्षण ईतियादीमा बिषेश ध्यान दिनेछु ।
२. यस क्षेत्रमा रहेका पुरातात्बिक संरचनाहरुलाई संरक्षण गरेर बिकाश गरी पर्यटनलाई लोभयाउने गरी पुर्वाधार तयार पारी आर्थिक स्तर उन्नति तिर लैजान्छु ।
३. उस क्षेत्रमा उधोग, कलकारखानाहरुको स्थापना गराई रोजगारीको सृजना गरी युवा जनशक्तिलाई बिदेशीनबात रोकी क्षमता अनुसारको रोजगारीको ब्यवस्था सृजना गर्छु ।
४. अनि बिपन्न, असाहाय तथा अति गरिब बर्गलाई आर्थिक, सामाजिक, तथा अन्य सेवा सुबिधा उपल्ब्ध गराउछु ।
५. यस क्षेत्रलाई कृषिको धनि क्षेत्र भनेर चिनिन्छ तर यस क्षेत्रमा आकाशे पानीको भरमा कृषि गरिन्छ यस द:खद सम्स्यालाई सामाधानको निम्ति बिभिन्न स्रोत साधन तथा प्रविधीहरु प्रयोग गरी सामाधान गर्छु साथै उब्जाउ जमिनलाई बाझो नबाई चारैतिर हरियाली नै हरियालीको लागी काम गर्छु ।
६. यस क्षेत्रमा कृषिको उत्पादन बढाउनको लागी माटो परक्षण लगायत कृषिमा आवश्यक हुने सबै किसिमको परिक्षको लागी कृषि प्रयोगशालाको ब्यवस्था गर्छु । साथै समय समयमा किशानहरुको लागी मल,गुण्स्तरीय बिउको ब्यवस्था मिलाउछु ।
७. यस क्षेत्रमा ५०।५० बेडको गुण्स्तरीय अस्पताल बनाई प्रत्येक बिभागको एम.बी.बी.एस.को दरबन्दी सृजना गरी गुण्स्तरीय उपचारको ब्यवस्था गर्छु ।
८.यस क्षेत्रमा पर्ने प्रत्येक गडाहरुमा बथिङ्ग सेन्टरको उचित ब्यवस्थापन गर्छु । साथै एम्बुलेन्सको फ्रि ब्यवस्था मिलाउछु ।
९. यस क्षेत्रमा बिभिन्न किसिमका खेलहरुमा खेलाडीहरुको रुची बडदै गएको हुनाले यस क्षेत्रमा ठूलो सुबिधा सम्पन्न रंगशालाको ब्यवस्था गर्छु ।
१०. यस क्षेत्रको युवाहरुको जिममा रुची देखिएको हुनाले प्रत्येक वडामा व्यामशालाको ब्यवस्था मिलाउछु
११. यस क्षेत्रको प्रत्येक बिधालयमा गुणस्तरीय शिक्षाको लागी सुविधा सम्पन्न पुस्तकालय, बिषयगत शिक्षक, भौतिक संरचना, तथा बेला बेलामा उचित तालिमको ब्यवस्था गर्छु । साथै बालिकाहरुका लागी प्रत्येक बिधालयमा ए.टी.एम. पैडको उचित ब्यवस्थापन गर्छु ।
१२. यस क्षेत्रमा पढ्ने प्रत्येक छात्र छात्राहरुलाई कक्षा १२ सम्म कुनै किसिको फि नलाग्ने गरी ब्यवस्था मिलाउछु ।
१३. यस क्षेत्रमा उच्च शिक्षा हासिल गर्ने छात्र छात्राहरुको लागी यहि क्षेत्रमा सुबिधा सम्पन्न मेडिकल कालेज, ईन्जिरियरिङ्ग कालेज, ल क्याम्स लगायतका अन्य कलेजहरुको निमार्ण ब्यवस्थालाई प्राथमिकताका साथ अगाडी बडाउछु ।
१४. यस क्षेत्रका सबै शिक्षक शिक्षिकाहरु, निजामती कर्मचारीहरु, करारका कर्मचारीहरुको मासिक तलब प्रत्येक महिना समय समयमा उपल्ब्ध गराउने ब्यवस्था मिलाउछु ।
१५. यस क्षेत्रमा लागु औषध, दुर्बेयसनीको कुलतमा परेका बालबालिकाहरुको लागी सुबिधा सम्पन्न सुधार गृहको ब्यवस्था गर्छु ।
१६. यस क्षेत्रमा हुने महिला हिंसा, घरेलु हिंसा, दाईजो प्रथा, लगायतका बिभिन्न किसिमका घटनाहरुलाई निर्मूल पार्नका लागी प्रत्येक वडाहरुमा जनसचेतना मूलक कार्यक्रमहरु, बिभिन्न किसिमका तालिमहरुको ब्यवस्था गर्छु ।
१७. यस क्षेत्रमा राम्रो पिकनिक पार्कको ब्यवस्था गर्छु ।
१८. यस क्षेत्रमा भएको भुमीहिन, असाहायहरुको उचित पहिचान गरी बाँसको गाली उचित ब्यवस्था मिलाउँछु ।
१९. यस क्षेत्रमा हुने बनजंगल फडानी रोकनका लागी बिभिन्न सरोकारवालासंग छलफलको माध्यमले
बन जंगलको उचित ब्यवस्थापन गर्छु ।
२०. यस क्षेत्रका जनताहरुले तिर्ने अनावश्यक करलाई हटाउछु ।
२१. यस क्षेत्रमा भ्रष्टाचार भन्ने शब्दलाई नै मिटाई दिन्छु । भ्रष्टाचार बिरुद्धको अभियानलाई तिव्र रुपमा अगाडी बढाउछु ।
२२. यस क्षेत्रको किशान दाजुभाई दिदिबहिनीहरुको लागी बिभिन्न बिमा कम्पनिसंग स्मवन्य गरी कृषक स्वास्थ्य बिमा, बिउ बिमा, पशु चौपाया बिमाको ब्यवस्था मिलाउछु ।
२३. अन्तयमा प्रत्येक महिनाको पहिलो या अन्तिम हप्तामा जनसरोकार कार्यक्रमको आयोजना गरी यस क्षेत्रका जनताहरुको समस्याहरु सुनी समस्याको सही पहिचान गरी तुरुन्तै समाधान तर्फ लैजान्छु ।

अन्तयमा फेरी पनि बिनम्र अनुरोध छ की “पार्टीलाई होइन, गर्न सक्ने स्वतन्त्र युवालाई रोजौं” ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर