साजिर मन्सूर
कलैया,कार्तिक २

महागढिमाई नगरपालिकाको आव २०७९/८० को नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो । बाराको १६ स्थानिय तह मध्ये १ मात्र नगर प्रमुख का रुपमा दोश्रो पटक निर्वाचित महागढ्ढीमाईका नगर प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा नगर सभा सम्पन्न भएको हो ।ब्सो अवसरमा मेयर यादवले आफ्नो दोस्रो कार्यकालको प्रथम नगर सभामा सबैको साथ सबैको बिकासको नाराका साथ अगाडी बढिरहेको बताएका छन ।

नगर प्रमुखले प्राथमिकताको साथ क्रमश शिक्षा, स्वास्थ्य,यातायात, कृषी, पर्यटन, बाताबरण, सांस्कृतिक, धार्मिक, आर्थिक बिकास सङ्गै रोजगारिको अवसर प्रदान गर्ने लगायतको क्षेत्रमा नगरले विशेष योजना ल्याउने बताएका छन । नगर प्रमुखले बिधार्थी प्रोत्साहन, प्राविधिक शिक्षा, निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क कृषी बिधुत महसुल, निष्पक्ष न्याय, शुसासन, सरसफाई जस्ता योजना र कार्यक्रमलाई तदारुकता का साथ बढाउने बताए। महत्वपूर्ण घोषणाहरू लाई निरन्तरता दिने जानकारी गराउनु भएको छ!
विश्व प्रसिद्ध श्री गढ्ढीमाई मन्दिरको पोखरीमा अधुरो सुर्य मन्दिर निर्माण, बरियारपुर बजारमा सुपर मार्केट र नगर भवन निर्माण कार्यलाई निरन्तरता दिने आफ्नो प्रमुख योजना रहेको मेयर यादवले जानकारी गराउनु भएको छ । नगर प्रमुख यादवले प्रत्येक वर्ष सिपमुलक तालिम र अनुदान उपलब्ध गराई सयकडौँ युवा भाई बहिनीहरूलाई स्वरोजगार बनाउने आफ्नो लक्ष्य सहितको योजना तथा कार्यक्रम सार्वजनिक गरेका छन । केही राजनैतिक दल र स्वार्थमा लुप्त अराजनितिक ब्यक्तिका कारण नगर सभा ढिलो भएको र त्यसबाट आम नगरबासी सङ्ग त्यसको सत्यता उजागर हुँदै जाने बताए । साथै कर्मचारीको तलब र समाजिक सुरक्षा भत्ता आदिमा बिलम्ब हुनु दुखद भएको र यसकालागी सबै कार्यपालिका जिम्मेवार रहेको बताउदै अब उपरान्त यस्तो नहुने बताएका छन । प्रमुख प्रशासकिय अधिकृत महमद सेरे मुस्तफाले सहजीकरण गरेको नगर सभामा नगर उपप्रमुख, कार्यपालिका सदस्य, नगर सभा सदस्यहरुको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर