साजिर मन्सूर
चन्द्रपुर रौतहट,असोज ५

महिलाको राजनितीक प्रतिनिधित्वका लागि सन्चारकर्मिको भुमिका सम्बन्धि एक दिने कार्यशाला गोष्ठी रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । मान्डवीको आयोजनामा भएको मधेस प्रदेश स्तरिय गोष्ठीमा खास गरि अहिलेको समाजमा महिलाहरुलाई कसरी राजनितीक प्रतिनिधित्व सुनिस्चित गर्न सकिन्छ र त्यसका लागि सन्चारकर्मिहरुले के कसरी भुमिका खेल्न सक्छन भन्ने बिषयमा महत्वपुर्ण छलफल सहित भुमिकाका बारेमा गहन छलफल समेत गरिएको थियो । राजनितिमा सन्लग्न महिलाहरुको बारेमा रिपोर्टिङ गर्दा खासगरी कुन कुन कुरा समावेस गर्ने बिषयमा समेत छलफल गरिएको आयोजक संस्था मान्डविको सन्स्थापक अध्यक्ष तथा संस्थाको महासचिव अन्जु झाले बताईन । कार्यशाला गोष्ठीमा राजनितीमा सन्लग्न महिलाको बारेमा रिपोर्टिङ गर्दा निम्न कुराहरु समावेश गर्न महत्वपुर्ण रहेको जसमा उनीहरुको नीति प्राथमिकताहरु,लिङ्ग र समावेशीकरणमा मात्र नभएर अन्य विभिन्न बिषयहरुमा उनिहरुको दृष्टिकोण समावेश गर्ने,उनिहरु सारभुत रुपमा कसरी राजनितिक निर्णय प्रक्रियामा भाग लिइरहेका छन भन्ने बिषयलाई पनि समावेश गर्ने रहेको महासचिव झाले बताईन । तपाईका समाचार वा लेखमा पुरुष समकक्षीहरुको तुलनामा कति जना महिलाहरुलाई उदृत गरिएको छ ?,तपाईले अन्तरवार्ता गर्दा पुरुषको तुलनामा महिलाका ब्यक्तिगत बिबरणहरु समावेश गर्नुभएको छ ?,के तपाईले सान्दर्भिक भए सम्म महिलाहरुलाई अन्तरवार्तामा बिज्ञको रुपमा समावेश गर्नुभएको छ ?,र के तपाईले महिलाका कथा र सफलताहरुलाई प्राथमिकता दिनुभएको छ ,चाहे उनिहरु जुनसुकै स्थानमा होउन ? लगायतका कुराहरुमा बिचार गर्नुपर्नेमा समेत महासचिव झाले जोड दिएकि हुन । झाले समाचार वा लेखहरुमा तस्बिरहरु छनौट गर्दा विशेष गरि महिलाहरुलाई नकारात्मक रुपमा प्रकाश पारिने तस्बिरहरुको छनौट गर्नुको सट्टा उनीहरुको ब्यवसायीक फोटोहरु पासपोर्ट साईज वा कुनै कार्यक्रममा सहभागी भएको प्रयोग गर्नुपर्नेमा जोड दिएकी हुन ।
गोष्ठीको सहजीकरण गरेका बरिस्ठ पत्रकार चन्द्र किशोर झाले लैङ्िगक रुढीबादी धारणाहरु र सोचहरु समावेस नगर्नमा जोड दिएका थिए । समाचार वा लेख लेख्दा महिलाका बारेमा आपतिजनक वा गलत शब्द को प्रयोग गर्नै नहुने बताएका छन ।
अस्ट्रेलियन एड र स्विस सरकार बिकास सहयोग एसडिसी को आर्थिक सहयोग तथा आइ एफ ई एस को प्राबिधिक सहयोगमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो । उक्त अवसरमा मधेस प्रदेशका आठै जिल्लाका गरि २६ जना सन्चारकर्मीको सहभागिता रहेको संस्थाका कार्यक्रम संयोजक मुनिलाल बैठाले जानकारी गराए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर