साजिर मन्सूर
कलैया,असोज ५

चाडपर्वको बेला कसैले जुवातास खेलेको, समाजमा हु हल्ला झैझगडा गरेको छ भने आफुलाई सुचना दिनुस तुरुन्त ५ मिनेट भित्र प्रहरी त्यही जान्छ र हामी कार्वाही गर्छौ बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन । नेपाल भारत मैत्री संघ मधेस प्रदेश द्वारा आयोजित दिवापली तिहार तथा छठ पर्वको अवसरमा सुभकामना आदानप्रदान कार्यक्रममा एसपी बोगटीले यस्तो बताएका हुन । एसपी बोगटीले चाडवाड को बहानामा कुनै प्रकारको पटाखा पड्काएर ध्वनी प्रदुषण का साथै मुटुका बिरामिहरुलाई दुख नदिन समेत आग्रह गरेका छन । दिपावली का बेला हाम्रो समाजमा घरको सबै ढोका र झ्याल खोलेर लक्ष्मी भित्र्याउन भन्दै पुजा गर्दा चोरहरु त्यही मौका छोपेर चोरी गर्ने गरेको तर्फ पनि सबै नागरिक सचेत रहन ध्यानाकर्षण गराएका छन । बारा प्रहरीले कुनै पनि अपराधीलाई बाकी नछाड्ने समेत उनले बताएका छन । मनको सफाई गरि मन शान्त राख्न सके सबै खालका सन्तुष्टि प्राप्त हुने समेत उनले बताएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर