साजिर मन्सूर ,कलैया । बारा सदरमुकाम कलैया मा जेसिज कप को उदघाटन भएको छ । सिदेस्वर खेल परिसरमा कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले प्रतियोगिताको उदघाटन गरेका छन । मेयर साहले प्रतियोगिता को सफलताको कामना गर्दै खेलकुद को बिकासमा पालिकाले सहयोग गर्ने बताएका छन ।
प्रतियोगितामा कलैया,बिरगंज र हेटौंडा ले सहभागीता जनाएको कलैया सिटि जेसिजका अध्यक्ष सन्दिप बरैले जनाएका छन । बिजेताले शिल्ड तथा ट्रफी पाउने बरैले जनाएका छन ।
उदघाटन कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर छेत्री,कलैया क्रीकेट क्ल्बका अध्यक्ष तसिरुदिन मन्सूर,खेलकुद प्रेमी प्रविण सिग्देल,कलैया सिटि जेसिजका पुर्व अध्यक्षहरु धनिलाल सरार्फ,बिपिन चौधरि,राजेश कुश्वाहा,आजिवन सदस्य बैजु दास सहित कलैया सिटि जेसिजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । आजको पहिलो खेल कलैया र बिरगंज बिच भैरहेको छ ।