साजिर मन्सूर,कलैया । बारा सदरमुकाम कलैया मा जेसिज कप को उदघाटन भएको छ । सिदेस्वर खेल परिसरमा कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले प्रतियोगिताको उदघाटन गरेका छन । मेयर साहले प्रतियोगिता को सफलताको कामना गर्दै खेलकुद को बिकासमा पालिकाले सहयोग गर्ने बताएका छन ।
प्रतियोगितामा कलैया,बिरगंज र हेटौंडा ले सहभागीता जनाएको कलैया सिटि जेसिजका अध्यक्ष सन्दिप बरैले जनाएका छन । बिजेताले शिल्ड तथा ट्रफी पाउने बरैले जनाएका छन ।
उदघाटन कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर छेत्री,कलैया क्रीकेट क्ल्बका अध्यक्ष तसिरुदिन मन्सूर,खेलकुद प्रेमी प्रविण सिग्देल,कलैया सिटि जेसिजका पुर्व अध्यक्षहरु धनिलाल सरार्फ,बिपिन चौधरि,राजेश कुश्वाहा,आजिवन सदस्य बैजु दास सहित कलैया सिटि जेसिजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको आज आज भएको उदघाटन खेलमा कलैया क्रिकेट कल्ब बिजयी भएको छ । कलैयाले टँस जिती पहिलो ब्याटिङ्ग गर्दै ४० ओभरको खेलमा ३९ ओभरमा आफनो सम्पूर्ण बिकेट गुमाई जम्मा २२१ रन बनाएको थियो ।
कलैया क्रिकेट कल्बका त्रित दासले ५४ र निरज यादवले ३३ त्यस्तै साहिल पटेल/अनिल साह ले समान २८/२८ रन बनाएको सुबाश जयस्वालले बताए । बिरगंज क्रिकेट कल्बका बलर ब्यास यादवले ५ बिकेट र रंजित कुमारले ३ बिकेट लिएका थिए ।
जवाफी ब्याटिङ्गमा उतरेको बिरगंज क्रिकेट कल्बले आफनो सम्पुर्ण बिकेट गुमाई मात्र १४५ रन बनाउन सक्यो । बिरगंज क्रिकेट कल्बका सुरज पटेलले ५१,संतोष कुमार ले ३१ र महमद समिरले २१ रन बनाएका थिए । कलैया क्रिकेट कल्बका बौलर कुमार थापा/अनिल साहले ३/३ विकेट र आदिल आलम अंसारी/मोनु हवारीले पनि २/२ लिएका थिए । आजको मैन अफ दि मैच कलैया क्रिकेट कल्बका अनिल साह भए । साहलाई करण ज्वेलर्सका सन्चालक धनिलाल सरार्फले प्रदान गरे ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर