साजिर मन्सूर,कलैया । कलैयामा जारी कलैया जेसिज कपमाथी कलैया क्रीकेट क्लबले कब्जा गरेको छ । कलैया सिटि जेसिज द्घारा सिदेस्वर खेल परिषरमा आयोजित एक दिवसिय त्रिकोणिय क्रिकेट प्रतियोगिताको आजको फाइनल खेलमा कलैया क्रिकेट कल्बले टँस जिती पहिलो ब्याटिङ् गर्दै ४० ओभरको खेलमा ४० ओभर खेल्दै ९ बिकेटको छतिमा २१२ रन बनाएको थियो । कलैया क्रीकेट कल्बका अनिल साहले ४४ रन,कुमार थापाले २९ रन र अर्निको यादवले २६ रनको योगदान दिए । मकवानपुर क्रिकेट कल्बका बलर शुभ कर्णस्कारले / रामनरेश गिरि / टकस्क सिमखाडा /बिसाल फुलालले समान २/२ बिकेट लिएका थिए ।
प्रतिउतरमा मकवानपुर क्रिकेट कल्बले ३७.१ ओभरमा सम्पुर्ण बिकेट गुमाई १९२ रन मात्र बनाउन सक्यो । मकवानपुर क्रिकेट कल्बको तर्फबाट शुभ कर्णस्कारले ७९ रन बाएका थिए,त्यसतै मकवानपुर क्रिकेट कल्बका गौरब खड्काले २८ र टकस्क सिमखाडाले २६ रन बनाए । कलैया क्रिकेट कल्बका बलर अनिल शाहले ३ र आदिल आलमले २ विकेट लिएका थिए ।
आजको फाइनल मैचको मैन अफ दि मैच र मैन अफ द सिरिज कलैया क्रिकेट कल्बका अन्तरास्ट्रिय खेलाडी अनिल शाहलाई प्रदान गरियो । त्यस्तै प्रतियोगिताको बेस्ट बलर मकवानपुर क्रिकेट कल्बका राम नरेश गिरि र प्रतियोगिताको बेस्ट ब्याट्सम्यान कलैया क्रिकेट कल्बका तृत राज दासलाई प्रदान गरियो ।
आजै एक कार्यक्रमका बिच बिजेता तथा उप बिजेता खेलाडीहरुलाई कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साह लगायतकाले पुरस्कार तथा शिल्ड प्रमाणपत्र बितरण गरेको कलैया सिटि जेसिजका वरिष्ठ उपाध्यक्ष सुबाष जयस्वालले जनाएका छन । समापन कार्यक्रम कलैया सिटि जेसिजका अध्यक्ष सन्दिप बरैको अध्यक्षतामा भएको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर