साजिर मन्सूर
कलैया,मङ्सिर २३

कलैयामा शि लिड्स(महिला नेतृत्व कार्यक्रम)को आयोजनामा राजनितीमा महिलाको अर्थपूर्ण सहभागिताका लागि सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बरेवा दरबार होटेल एन्ड ब्यान्क्विटको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।खास गरि अहिलेको समाजमा महिलाहरुलाई कसरी राजनितीक प्रतिनिधित्व सुनिस्चित गर्न सकिन्छ र त्यसका लागि सरोकारवालाले के कसरी भुमिका खेल्न सक्छन भन्ने बिषयमा महत्वपुर्ण छलफल सहित भुमिकाका बारेमा गहन छलफल समेत गरिएको थियो ।
कुनैपनी स्थानमा लैङ्िगक रुढीबादी धारणाहरु र सोचहरु समावेस नगर्न महागढिमाई नगरपालिकाको उप मेयर तारा देबि कानुले जोड दिइन । धेरै स्थानमा लेख लेख्दा महिलाका बारेमा आपतिजनक वा गलत शब्द को प्रयोग भएकोले त्यस्तो गर्नै नहुने कोल्बी नगरपालिकाको उप मेयर बताएका लक्ष्मी देबि चौधरीले बताईन ।
मान्ड्विका कार्यक्रम सम्योजक मुनिलाल बैठाले केवल भौतिक पुर्वाधारको बिकास मा मात्र साझेदारी गरि कार्यक्रम हुँदै आएपनी सफ्ट वेयरको काम नहुने हुदा महिलाको राजनितीक अधिकार बन्चित हुँदै आएको बताए । सम्विधानले सहभागिता गराएपनी अर्थपूर्ण रुपमा हुन नसकेकोमा महिलाहरु दुखित भएको बताए ।
राजनैतिक र निर्णय प्रक्रियामा महिलाको अर्थ पुर्ण सहभागीतालाई प्रवर्द्धन गर्ने,राजनितिमा महिला विरुद्ध हुने हिंसाको कमि गराउन,राजनितिमा महिलाहरूको सहभागितालाई समर्थन गर्न सरोकारवालाहरुको प्रतिबद्धता आजको कार्यक्रमको मुख्य उदेश्य रहेको मान्ड्विको बारा सम्योजक राजु साहले जानकारी गराए ।

कार्यक्रममा आदर्श कोत्वाल गाउपालिकाका अध्यक्ष जवाहर प्रसाद साह,उपाध्यक्ष मिरा देबि,परवानिपुर गाउपालिकाका अध्यक्ष राम छेत्री प्रसाद कुर्मी ,प्रसौनी गाउपालिकाका अध्यक्ष बिनोद प्रसाद जयस्वार,प्रसौनी गाउपालिकाका उपाध्यक्ष किरण देबि साह,प्रसौनी गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत उदयशन्कर चौधरी,जिल्ला प्रहरी कार्यालय महिला सेलको सरु अधिकारी,महिला अधिकारकर्मिहरु सरस्वती खरेल,मन्जु सुवेदी,सबै पार्टीका पार्टी प्रतिनिधिहरु लगायतकाको उपस्थिति रहेको थियो ।

अस्ट्रेलियन एड र स्विस सरकार बिकास सहयोग एसडिसी को आर्थिक सहयोग तथा आइ एफ ई एस को प्राबिधिक सहयोगमा अन्तरक्रिया सम्पन्न भएको हो । उक्त अवसरमा जिल्लाका गरि ३० जना सरोकारवालाको सहभागिता रहेको संस्थाका मनोज यादवले जानकारी गराए ।
अन्तरक्रियाको सहजीकरण महिला अधिकारकर्मी तथा मान्डविको मास्टर ट्रेनर निभा सिंहले गरेकी थिईन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर