साजिर मन्सूर
कलैया,मङ्सिर २४

“सभ्य समाजको निर्माण लैङ्िगक हिंसा विरुद्ध अभियान” भन्ने नारा सहित महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा आज बाराको सदरमुकाम कलैयामा जिल्लामा मानव अधिकार रछकको अवस्था तथा सवालमा सरोकारवालाको भुमिका बिषयमा जिल्ला स्तरीय छलफल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कलैया स्थित बरेवा दरबार होटेलमा भएको कार्यक्रममा जिल्ला भरमा रहेका मानव अधिकार रछकहरुको अवस्था तथा सवालका बारेमा छलफल गरिएको छ ।
कार्यक्रमको बारेमा कोक्यापका शत्रुधन महतोले स्पष्ट गरेका थिए । महतोले कोक्याप द्वन्द्वका बेलामा इशुमा जन्मेको संस्था भएको बताए ।
सरस्वती खरेलको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य ज्वाला साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाराको उप प्रमुख चन्डिका उप्रेती,प्रसौनी गाउपालिकाको उपाध्यक्ष किरण साह,बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापा सहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
साथ साथ सिकाई संजाल बाराको आयोजनामा भएको कार्यक्रममा सहयोग कोक्यापको रहेको थियो ।
गौरी ढकालले सन्चालन गरेको कार्यक्रममा सुकमाया स्यानत्याङ्गले स्वागत गरेकी हुन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर