साजिर मन्सूर
कलैया,पुष ३

बारा सदरमुकाम कलैयाको मुख्य चौक भरत चौकमा आज साझ अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०७९ मनाईएको छ । दिवसको शुभ उपलक्ष्यमा दिप प्रज्जवलन गरि कार्यक्रम मनाईएको हो । वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित र उपलब्धीमूलक बनाउन नेपाल सरकार र स्वीस सरकार बीच भएको दिपक्षीय सम्झौता बमोजिम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल, प्रदेश सरकारको समन्वय, हेल्भेटास नेपालको प्राविधिक सहयोग, कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिका र बारागढी गाउँपालिकाको नेतृत्वमा दलित जनजाति उत्थान केन्द्र बाराको सहजीकरणमा संचालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी हकहित संजालका पदाधिकारीहरुको अगुवाईमा कलैया उपमहानगरपालिकाकाे भरत चाैक, जीतपुरसिमरा उपमहानगरपालिकाकाे अौराहा चाैक, सिम्राैनगढ नगरपालिकाकाे सिम्राैनगढ बजार र बारागढी गाउँपालिकाे गडहल (नरही चाैक) मा दीप प्रज्जवलन गरी अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाईएको सामी परियोजनाको कार्यक्रम सम्योजक सरोज कुमार सिंहले जानकारी गराएका छन ।
दीप प्रज्जवलन कार्यक्रम आप्रवासी हकहित संजालका पदाधिकारीहरूकाे नेतृत्वमा कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, सिम्राैनगढ नगरपालिका र बारागढी गाउँपालिकामा सम्पन्न भएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर