साजिर मन्सूर
कलैया,पुष ४

कार्यक्रमको प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य पुर्व मन्त्री ज्वाला कुमारी साहले एमाले काङ्ग्रेस मिलेर भएपनी देशमा स्थाई सरकार भएर देशको अस्थिरता लाई अन्त्य गर्नुपर्ने बताईन । बारा ३ लाई नमुना छेत्र बनाउन पनि स्थायी सरकार चाहिएको पुर्व मन्त्री साहले बताईन ।
द सहाराले राम्रो किसिमले सन्चालन गरि अगाडी बढिरहेको र यसले यसका सदस्यहरुको जीवन स्तर उकास्न महत्वपूर्ण काम गरिरहेको बताईन । साहले ब्याजमा कर्जा निकालेर ब्याजको तुलनामा आफ्नो आय बढाउन आग्रह गरिन । देशमा देखिएको आर्थिक अवस्थामा कोहि खुशी नभएको बताउदै सबै जनता आज यसको मारमा परेको बताए । बढ्दै गरेको ब्याजको दरले सबै जना तनावमा रहेको बताउदै राज्यले यसको समाधान तर्फ कदम चाल्नुपर्ने बताईन । देशमा चुनावी माहौल सकिएपछी देशमा सबै निर्वाचित जनप्रतिनिधिले आ आफ्नो स्थानमा बिकासको लहर ल्याउनुपर्ने बताईन । कृषि प्रधान कहलिने देशका किसानहरु मल खाद पनि नपाउनु लज्जाको बिषय भएको बताईन । साहले उत्पादनमा जोड दिनुपर्ने बताउदै सबै जनताले आ आफ्नो स्थानबाट जति हुन्छ त्यति उत्पादन गर्न र त्यसलाई पुर्ण अर्गानिक बनाउन पनि आग्रह गरेकी छन ।पुर्व मन्त्री साहले बजार ब्यवस्थापन समेत समस्याको रुपमा देखिएको र त्यसका लागि समेत आफुले ध्यान दिने बताएकी छ्न ।

सर्लाहिको मलङवामा हुने बार्षिक साधारणसभा सहभागी हुने सदस्यहरुलाई कलैया शाखाका सदस्यहरूले सल्लाह सुझाव दिने कार्यक्रम रहेको छ ।द सहाराको कलैया शाखा प्रबन्धक रन्जित रायले शाखाको गतिविधिका बारेमा जानकारी गराएका थिए ।
कलैया शाखामा मात्र ३ हजार शेयर धनी रहेको र बितेको आवमा मात्र संस्थाले २ करोड ४१ लाख कलैया बाट मात्र नाफा गरेको सन्स्थाका कलैया शाखा प्रबन्धक रन्जित कुमार रायले जानकारी गराए ।
संस्थाको बारामा कलैया सहित सिमरा,निजगढ मा सेवा केंद्र रहेको कलैया प्रबन्धक यादवले जनाएका छन । यादवले आगामी दिनमा सिमरौनगढमा समेत सीआ केन्द्र बिस्तार हुने लक्ष्य रहेको बताएका छन ।
कलैयाले मात्र २ करोड ४४ लाख २३ हजार शेयर पुजि जम्मा गरेको यादवले बताए । कलैया शाखाले निछेप १९ करोड ५६ लाख र कलैया शाखाले २९ करोड ८ लाख लगानी गरेको जनाएका छन ।
संस्थाले गत आवको असल ऋणिको रुपमा बसमतिया देबि हजामिनलाई सम्मान पत्रले सम्मानित गरेको छ । यस्तै असल फिल्ड कार्यकर्तामा अप्सरा पुडासैनी लाई सम्मानित गरेको छ ।
सोही अवसरमा शाखाका फिल्ड कार्यकर्ताहरु लक्षमण रेग्मी,सुश्रीका खतिवडा,सन्जिव उपाध्याय,सृजना खड्का,गोपाल महतो,ध्रुब साह,निरन्जन अधिकारी,बिणा कुमारी पान्डे,ईन्ताज अन्सारी लगायतकालाई उनिहरुको कामलाई सम्मान गर्दै सन्चालक समिती सदस्य राकेश पाण्डे ले उच्च प्रसंशा गरेका थिए ।
सन्स्थाका सन्चालक समिती सदस्य राकेश पान्डेको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथी नागरिक समाज बाराका अध्यक्ष उमेश लाल दास,ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र कलैयाको सन्चालिका मिना दिदी,सुश्मा बहन,उधोग बाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साह,सन्चारकर्मिहरु,संस्थाका शेयर धनिहरुको उपस्थिति रहेको थियो ।
द सहारा लोन सेभिङ्गस को अपरेटिभ सोसाइटी लिमिटेड सेवा केन्द्र कलैयाले आज २६ औ साधारणसभा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । कलैया स्थित एक लजमा भएको कार्यक्रममा सोसाइटीको शेयर सदस्यहरु सङ्ग छलफल गरिएको हो ।
संस्थाको फिल्ड कार्यकर्ता पुनम साहले स्वागत गरेको कार्यक्रमको सन्चालन सन्चारकर्मी जयनारायण यादवले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर