
साजिर मन्सूर
कलैया,पुष १५
बाराको सदरमुकाममा रहेको जेठो क्याम्पस रामराजा मो बि साह बहुमुखी क्यामपस कलैयाले आफ्नो ४१ औ आर्षिकोत्सव तथा अभिभावक दिवस एवम १५ औ क्याम्पस सभा शुरु गरेको छ । क्याम्पस प्राङ्गणमा शुरु भएको सभामा प्रमुख अतिथि नेपाल सरकारको मन्त्री ज्वाला कुमारी साहले बाराको शिक्षामा रामराजाको अग्रणी भुमिका रहेको बताईन । प्रमुख अतिथि साहले जति सम्भव छ त्यो सहयोग गर्ने प्रतिबद्धता जनाईन ।
कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख बिनोद साहले क्याम्पस मा पढ्ने गरिब परिवारबाट आएका सबै अपाङ्गलाई कलैया सरकारले फिस तिर्ने उदघोश गरे । मेयर साहले कलैया सरकारले आउदो आव देखि अझ लगानी बढाउने प्रतिबद्धता जाहेर गरे । यता क्याम्पसको ब्याचलर अध्ययन गर्ने बिद्यार्थीका लागि नगर उप प्रमुख रौषन प्रविणले २ लाख नगर बाट उपलब्ध गराउने प्रतिबद्धता जनाईन ।
क्याम्पसको अध्यक्ष प्रभुनाथ पटेलको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि जिल्ला समन्वय समिती बाराको प्रमुख नरेन्द्र साह,जिससको उप प्रमुख चण्डिका उप्रेती,कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साह,उप प्रमुख रौषन प्रविण,नागरिक समाज बाराका अध्यक्ष उमेश लाल दास,काङ्ग्रेस बाराका प्रतिनिधि जोगिन्द्र कुश्वाहा,एमालेका जिल्ला सचिव अध्यानन्द पान्डे,बारा उधोग बाणिज्य संघका महासचिव राम अशिष साह,वडा नम्बर २५ का अध्यक्ष चन्दन पटेल,वडा नम्बर २७ का अध्यक्ष अशोक तिवारी,कार्यपालिका सदस्य राजेस्वर सिंह ,सरस्वती खरेल,श्री प्रसाद पास्वान,प्रहरी निरीक्षक राजन पटेल,वडा नम्बर ९ का पुर्व अध्यक्ष डा. अख्तर अन्सारी,क्याम्पसका शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
आज उदघाटन भएको क्यामपस सभाको भोलि बन्द शत्रले नया सन्चालक समिती चयन गर्ने क्याम्पसका प्रमुख हरिभुषण कुश्वाहाले जनाए ।
क्याम्पसको शिक्षक अमित मिश्रले सन्चालन गरेको कार्यक्रमको स्वागत सन्चालक समितिका उपाध्यक्ष जङ्गबहादुर चौरसियाले गरेका थिए ।