
साजिर मन्सूर
कलैया,पुष १६
रामराजा मो बि साह बहुमुखी क्यामप्स कलैयाको सम्पन्न १५ औ सभाबाट जङ्गबहादुर चौरसिया सर्व सम्मत चयन भएका छन । कलैया ५ स्थित क्याम्पसको सभा हलमा भएको बन्द शत्रले अध्यक्षमा चौरसियालाई अध्यक्ष मा चयन गरेको क्याम्पस प्रमुख हरिभुषण कुश्वाहाले जनाएका छन । चौरसिया यस अघिको समितिमा उपाध्यक्ष रहेका थिए । चौरसिया नेपाली काङ्ग्रेस बाराका जिल्ला सदस्य तथा नेपाल विधार्थी संघ बाराका पुर्व जिल्ला अध्यक्ष समेत हुन । चौरसिया काङ्ग्रेस को युवा नेताका रुपमा चर्चित नेता समेत हुन । उनी समाजिक कार्यहरुमा समेत सकृय समाजसेविका रुपमा परिचित छन ।
यस्तै बन्द शत्रले ५ जना सदस्य चयन गरेको हो । सन्चालक समिती सदस्यहरुमा क्रमशः श्री प्रसाद पास्वान,एम शमिउल्लाह,सरस्वती खरेल,मान्ती सिंह र जोगिन्द्र कुश्वाहालाई चयन गरेको हो । अब समितिको बैठकले अन्य पदाधिकारीको जिम्मेवारी बाडफाड गर्ने क्याम्पस प्रमुख कुश्वाहाले जनाए ।
नया अध्यक्ष बन्ने बितिकै चौरसियाले अब रामराजाको कायापलट गर्ने गरि अहोरात्र खटेर काम गर्ने प्रतिबद्धता जनाएका छन । बाराका सबै स्थानीय सरकारहरु सङ्ग सहकार्य गरि अन्तरक्रिया गरेर क्याम्पस को समुचित बिकाआका लागि पहल थालिने अध्यक्ष चौरसियाले बताएका छन । संघ प्रदेश सङ्ग् पनि आवस्यक सहयोग को पहल थालिने बताएका छन ।
यस्तै बन्द शत्रले रबिन्द्र गिरिको सम्योजकत्वमा ५ सदस्यीय नया परिमार्जित सभा सदस्यको बिधान बनाउने कार्यदल गठन गरेको समितिका सदस्य सचिव एवम क्याम्पस प्रमुख कुश्वाहाले जनाएका छन ।