साजिर मन्सूर
बारा , १९ पुस ।

बाराको सुवर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत एक महिना देखि कार्यालयमा हाजिर नभएको पाइएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्त मङ्सिर १६ गते देखि कार्यालयमा अनुपस्थित भएका छन् ।
कार्यालयका प्रशासकीय अधिकृत नहुदा दैनिक काम कार्वाही , कर्मचारीको तलब देखि विभिन्न आर्थिक काम अवरुद्ध भएको भन्दै त्यहाँ कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाललाई ज्ञापनपत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयको सभाहलमा प्रमुख जिल्ला अधिकारी लाई गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादव नेतृत्व मा गएको जनप्रतिनिधि र कर्मचारीहरुको टोलिले ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा ,” प्रशासकीय अधिकृत श्रीवास्तावले लिखित जानकारी नगराई मङ्सिर १५गते देखि कार्यलयमा हाजिर नरहेको र पटक पटक फोन गर्दा मोबाईल स्वीचअफ गरेको र म्यासेज समेत नगरेको गरेको हुदा कार्यलयमा कार्यरत रहेका सम्पूर्ण कर्मचारी तथा पदाधिकारीहरुले ५ महिना देखि तलब नपाएको साथै विकास निमार्णको कामहरु समेत ठप्प भएको र कर्मचारीहरुको कार्य सम्पादन तथा मुल्याकंन फारममा समेत अंक नदिएको हुदा कर्मचारीहरुको बढुवामा समेत प्रभाव पर्ने अवस्था आएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
तलब नमिल्दा आफुहरुलाई घरपेट्टि हरुले घर खाली गराउने सम्मको धम्की दिन थालेको कर्मचारीहरुले दुखेसो पोखेका छन । हुदा हुदा अब कार्यालय आउन जान समेत कठिनाई भैरहेको बाईकमा तेल हाल्ने समेत पैसा सकिदा अप्ठ्यारो भएको उनिहरुले बताएका छन ।

कर्मचारी तथा जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतको ब्यवस्था गरि कार्यालयका सेवाहरु सहज रुपमा संचालन हुने वातावरण बनाउन प्रमुख जिल्ला अधिकारी मार्फत संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । प्रमुख प्रशासकीय अधिकृतको ब्यवस्था र तलब नपाए सम्पुर्ण सेवाहरु ठप्प गरि आन्दोलनमा जाने ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझदै प्रजिअ कटुवालले यथाशीघ्र आफुले यसका लागि पहल गर्ने आश्वासन दिएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर