साजिर मन्सुर , बारा ।
नेपाली काग्रेसको जिल्ला कार्यसमितिको बैठक सम्पन्न भएको छ । बैठकले हालै सम्पन्न प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको समिक्षा गरेको छ । जिल्ला सभापति राजेश राय यादवको अध्यक्षतामा बसेको बैठकले बारामा अरु गठबन्धनका दलहरू इमान्दार नभएको र कांग्रेसका आधिकारिक उम्मेदवारहरुलाई गठबन्धनका अरु दलहरूले सहयोग नगरेको ठहर गरेको छ ।
बैठकले नेपाली कांग्रेसको संगठन वडा तह देखि बलियो बनाउन सबै तहका बैठक नियमित गर्ने गराउने व्यापक छलफल र सहकार्य गरी सबैलाई समेटेर अघि बढ्ने निर्णय गरेको जिल्ला सचिव राजेश रौनियारले जानकारी दिएका छन् ।
साथै बैठकले विभिन्न ब्यक्ती लाई बधाई ज्ञापन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा, मधेश प्रदेशको संसदीय दलको नेतामा मधेश प्रदेश नेपाली कांग्रेसका प्रदेश सभापति कृष्ण प्रसाद यादव, त्यस्तै प्रदेश सभा सदस्य पदमा समानुपातिक तर्फ मिना लामालाई तथा जिल्ला कार्यसमितिका सदस्य जंग बहादुर चौरसिया राम राजा ( मो. वि. शाह) बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्ष पदमा निर्वाचित भएकोमा बधाई ज्ञापन गर्ने निर्णय गरेको सचिव रौनियारले जनाएका छन ।