साजिर मन्सूर
कलैया,पुष २८

नेपाल प्रहरी श्रीमती संघले निशुल्क स्वास्थ सिबिर तथा बिपन्नका लागि न्यानो कम्बल बितरण गरेको छ । महागढिमाई नगरपालिका ७ तेलकुवामा आयोजित कार्यक्रममा सो छेत्रका १८५ घरको बिपन्न बर्गको लागि निशुल्क रुपमा स्वास्थ चेकजाँच सहित न्यानो कम्बल बितरण गरिएको आयोजक नेपाल प्रहरी श्रीमती संघले जनाएको छ ।

नेपाल प्रहरी श्रीमती संघको केन्द्रिय अध्यक्ष कुशुम लता सिंहले बिपन्न गरिब जनताको लागि आफुहरुले सके सम्मको सहयोग गर्न पाउँदा अत्यन्तै खुशी महसुस गरेको बताईन । सिंहले तराईका अन्य स्थानमा समेत सके सम्म गरिब बिपन्नका लागि यस्ता कार्यक्रम गर्ने बताउदै हुनेले यस्तो बेला मानवताको परिचय दिई नहुनेलाई सहयोग गर्न आग्रह गरिन ।
बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटिले स्वागत गर्दै तराईको हालको शितलहर बाट वचन प्रती परिवार २ वटा न्यानो कम्बल बितरण गरेको बताए । बोगटिले निशुल्क स्वास्थ चेकजाँच सहित औषधि समेत बितरण गर्ने योजना रहेको समेत बताउदै यो कार्यक्रम को आयोजना गरिए दिएकोमा नेपाल प्रहरी श्रीमती संघ परिवारलाई बधाई तथा धन्यवाद दिए ।

महागढिमाई नगरपालिका का प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथी मधेस प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मसाउद आलम खा,उप मेयर तार देबि कानु,सहायक प्रजिअ कृष्ण आचार्य,शसस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्री,बिरगंज हेल्थ केयरका प्रमुख डा.अबुल हासिम अन्सारी,वडा नम्बर ७ का अध्यक्ष शिवेन्द्र सिंह,नेपाल शिक्षक संघ बाराका अध्यक्ष परमहन्श यादव सहित समाजसेवी तथा जनप्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय बारा तथा महागढिमाई नगरपालिकाको ब्यवस्थापन रहेको कार्यक्रमम प्राबिधिक सहयोग बिरगंज हेल्थ केयर अस्पताल तथा मधेस प्रदेश प्रहरी अस्पताल सप्तरीको रहेको थियो ।
कार्यक्रमको सन्चालन प्रहरी निरीक्षक भिम ओलिले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर