
साजिर मन्सूर
कलैया,माघ १
स्वस्थ जिवनको चाहना योग शिक्षा र साधना भन्ने नारा सहित बारा सदरमुकाम कलैयामा नगर परिक्रमा गरि रास्ट्रीय योग दिवस २०७९ मनाईएको छ । प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय कलैया बाराले आयोजना गरेको प्रभात फेरि पछि आयोजित कोण सभामा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले योग स्वस्थ जिवनको पर्याय भएको बताउदै स्वस्थ जीवन यापनका लागि सबैले दैनिक शारिरिक अभ्यास गर्नुपर्ने बताए । प्रजिअ कटुवालले देशको सबै नागरिक स्वस्थ भए मात्र देश स्वस्थ हुने बताए । हामिले योगलाई नबुझेर पनि यसको फाईदाबाट बन्चित हुन पुगेको बताए । हामी सबै पहिला स्वस्थ बन्ने त्यसपछि ब्यस्त बन्ने अनि मस्त बन्ने हो भने जीवन सहज रुपमा बिना रोग बाच्ने तथा समाजका लागि समेत उल्लेखनीय कार्य गर्न सकिने प्रजिअ कटुवालले बताए ।
प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय कलैया बाराको प्रमुख डा. पुनिता केशरिले आज भन्दा ८ बर्ष अगाडी योगलाई रास्ट्रीय चाड जस्तै मनाउने गरिएको निर्णय अनुरुप हामिले निरन्तर यसै गरि मनाईरहेको बताईन । केषरिले हामी सबै स्वस्थ जिवनको लागि योग गर्नै पर्ने भएकोले यसको फाईदाका बारेमा बुझ्न जरुरी रहेको बताईन ।
उक्त अवसरमा योगाभ्यास, प्रभात फेरि, मन्तब्य र प्रसाद बितरण गरि समापन गरिएको थियो ।
उक्त अवसरमा बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापा,रास्ट्रीय अनुसन्धान बाराका प्रमुख अभिनय कुमार सिंह,शसस्त्र प्रहरिको सहायक प्रहरी निरीक्षक अनिल कार्की लगायत सर्वसाधारण तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कोण सभाको सन्चालन बरिस्ठ कबिराज निरीक्षक सहदेव पन्डितले गरेका थिए ।