साजिर मन्सूर
कलैया,माघ १

लायन्स क्लब ईन्टरनेशनल मल्टिपल डिस्टृक्ट ३२५ नेपालको शाखा चाबहिल सिटि लायन्स क्लब काठमाडौं (डिस्टृक्ट ३२५ एफ) तथा बारा ग्यालेक्सी लायन्स क्लब कलैया( डिस्ट्रीक्ट ३२५एच) ले संयुक्त रुपमा कलैयाका ३३ जना अति बिपन्न गरिबहरुलाई ब्लान्केट बितरण गरेको छ । माघी सन्क्रान्तिको अवसर पारेर संस्थाले ती सबैलाई तिलको लड्डु,चाकु,भुजाको लड्डु समेत बितरण गरेको हो । तराईमा बढेको हुस्सु र जाडोबाट प्रभावित गरिब बिपन्नहरुलाई संस्थाले मानविय सहयोग गर्ने उदेश्यका साथ सो सहयोग गरेको बारा ग्यालेक्सी लायन्स क्लब कलैयाका अध्यक्ष लायन पवन सरार्फले जानकारी गराए ।
संस्थाले वडाहरुबाट सिफारिस गरिएका बिपन्न्हरुलाई ब्लान्केट बितरण गरेको संस्था कलैयाका पुर्व अध्यक्ष लायन नवीन अधिकारीले जानकारी गराए ।
अधिकारीले संस्थाले बिभिन्न समयमा समाजको लागि सहयोग गर्ने खालका समाजिक कामहरु गर्दै आएको बताए । साथै अधिकारीले संस्थाले छ महिना अगाडी निशुल्क आँखा चेकजाँच शिबिर,अमृता अनाथाश्रममा स्कुल ब्याग तथा ट्राक सुट बितरण,दलित बिधालय महागढिमाई बरियारपुरमा बिद्यार्थीहरुलाई स्कुल ब्याग,स्टेशनरी बितरण गरिसकेको बताए ।

ग्यालेक्सी पब्लिक स्कुल कलैयाको सन्स्थापक एवम प्रधानाध्यापक तथा चावहिल सिटि लायन्स क्लबको डाईरेक्टर लायन नम्रता रिसालको अध्यक्षता एवम डिस्टृक्ट ३२५ एफका ब्लड डोनेशन एन्ड सर्भिस कमिटी चेयर पर्सन लायन महाबिर रिसालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि रिसालले लायन्स क्लब ले देशको विभिन्न स्थानमा ब्लड बैंक स्थापना गरेर यसको सेवा बिस्तार गर्दै जाने त्यस क्रममा कलैयामा समेत ब्लड बैंक स्थापना गर्ने आफ्नो उदेश्य रहेको बताए । प्रमुख अतिथि रिसालले संस्थाको मुख्य उदेश्य नै समाजमा विभिन्न खालका समाजिक कार्य मार्फत असहाय बिपन्न तथा आवस्यकता भएकालाई सहयोग गर्ने रहेको बताए ।
ग्यालेक्सी पब्लिक स्कुल कलैयाको आर्थिक सहयोगमा भएको कार्यक्रम स्कुलकै प्राङ्गणमा आयोजना गरिएको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर