साजिर मन्सूर
कलैया,माघ २

कुस्ति खेललाई मधेश प्रदेशको प्रमुख खेलका रुपमा बिकास बिस्तार गर्न जरुरी रहेको महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले बताएका छन ।
महागढिमाई नगरपालिका वडा नम्बर २ स्थित प्रत्येक बर्ष लाग्ने रामना कामना माई मेला आज बाट शुरु भएको छ । मेलामा प्रसिद्ध कुस्ती प्रतियोगीताको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले रिबन काटेर उदघाटन गरेका छन । प्रमुख अतिथि समेत रहेका नगर प्रमुख यादवले कुस्ती खेललाई मधेस सरकारले पनि प्रमुख खेलका रुपमा मान्यता दिन जरुरी रहेको बताएका छन । यादवले महागढिमाई सरकारले स्थानिय सरकार भएदेखि नै कुस्ति खेल र खेलाडीलाई उच्च सम्मान सहित विभिन्न खालका प्रतियोगिता सन्चालन गर्दै आएको र यसलाई अझ बिस्तार गर्दै लाने बताएका छन । कुस्ती प्रतियोगितामा भाग लिन नेपाल र भारतको विभिन्न राज्यबाट कुस्ती खेलाडी सहभागी भएका छ्न ।
मेला आज र भोलि लाग्ने मेला ब्यवस्थापन समितिका अध्यक्ष युवा नेता बिरेन्द्र यादवले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर