
साजिर मन्सूर
कलैया,माघ ४
ब्रहमा कुमारी राजयोग सेवा केन्द्र कलैयाले प्रजापिता ब्रह्मा बाबाको ५४ औ स्मृति दिवसलाई विश्व शान्ती दिवसका रुपमा मनाएको छ । कलैया १ भवानिपुर स्थित सेवा केंद्रमा प्रत्येक बर्ष १८ जनवरी लाई ब्रह्मा बाबाको स्मृतिमा विश्व शान्ती दिवसका रुपमा प्रवचन कार्यक्रम गरेर भब्य रुपले मनाएको सन्चालिका मिना दिदिले जनाएकी छन । परमात्माको प्रवचन गरेर आजको कार्यक्रम मनाईएको हो । जब यो सन्सारमा पापको वृद्धि भयो तब शिव बाबा एकै ईशारामा विश्व सेवामा लागेको मिना दिदिले बताईन । आफ्नो त्याग तपस्याका बलमा आत्मालाई शुद्द गरि देह त्याग गरेको दिनलाई विश्व शान्ती दिवसका रुपमा हामी मनाउने गरेको दिदिले जान्कारी गराईन । आफ्नो गुण विशेषताले हामि कति शुद्द बनेका छौ ? भन्ने प्रश्न आफैलाई सोध्न सक्नुपर्ने दिदिले बताईन ।दिदिले हरेक आत्मा र प्रकृति प्रती सुभ भावना राख्नु नै विश्व कल्याणकारी भावना हो बताईन । कमजोर र गलत सोच आउने बितिकै त्यसलाई फाल्न एकाग्रता जरुरी रहेको दिदिले बताईन ।
बिश्वको हरेक सेवा केंद्रमा आजको दिनलाई भब्य रुपमा मनाईरहेका छौ दिदिले जनाईन । जन्म र मृत्यु लाई सुखद बनाउन आफ्नो जीवन सहज बनाउनु पर्ने र सबैलाई स्नेह माया गर्न जरुरी रहेको बताईन ।
हामी यो सन्सारमा के लिएर आयौ के लिएर जान्छौ यो कुराको हरेक पल स्मरण गरेर विश्व कल्याणका लागि लाग्यौ भने हामी कहिले दुखी नहुने मिना दिदिले जनाईन ।
सो अवसरमा कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साह,बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल,बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटी,संविधान सभा सदस्य बलबिर चौधरी,कलैया उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष रामेस्वर यादव,समाजसेवी देबेन्द्र गिरि,गोपाल सेवा समिति बाराका अध्यक्ष जङ्गबहादुर यादव,उपाध्यक्ष रामधारी यादव,मनोकामना कलेजका संस्थापक रामबाबु कुश्वाहा,नेपाल पत्रकार महा संघ बाराका सचिव अनिल गौरव,नेपाल प्रेस युनियन बाराका सचिव साजिर मन्सूर लगायतकाको उपस्थिति रहेको थियो ।