साजिर मन्सूर
कलैया,माघ १८
कलैया उपमहानगरपालिका वडा नम्बर २७ बारवा पर्ता टोलका बिपन्न गरिब परिवारलाई शितलहर बाट जोगाउन १५ परिवारलाई ब्लान्केट तथा ५२ परिवारलाई सल गरि जम्मा ६७ परिवारलाई बितरण गरिएको छ । ब्लान्केट तथा सल बितरन कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारको कृषि तथा पशुपन्छी मन्त्री ज्वाला कुमारी साहले तराईको अत्यधिक जाडो बाट जोगिन शितलहर प्रभावितका लागि सहयोग गरेको संस्था टेवालाई धन्यवाद दिएकि छन । मन्त्री साहले देशमा किसान भनेको केवल पुरुष लाई मात्र बुझ्ने अवधारणा को अन्त्य गर्दै महिलाहरु पनि किसान हुन भन्ने धारणा स्थापित गराउने बताएकी छन । मन्त्री साहले त्यसको लागि महिला किसानहरूलाई आवस्यक कृषि योजना ल्याउने प्रतिबद्धता जनाएकी छन ।
सो अवसरमा बिशिस्ट अतिथि कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकिय अधिकृत नाथु साह,वडा नम्बर २६ का अध्यक्ष धर्मेन्द्र यादव,नेपाल चिकित्सक संघ नारायणीका महासचिव डा.नौशाद हक, पुर्व वडा अध्यक्ष सियाराम सहनी,बिधालयका प्रधानाध्यापक अजय तिवारी,वडा सदस्य द्वय आलम अन्सारी र नरेश कुश्वाहा सहित संस्थाका पदाधिकारी तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।
ग्रामीण उत्थान अभियान कलैयाको आयोजना तथा टेवा धापाखेल ललितपुरको आर्थिक सहयोगमा सो ब्लान्केट् तथा सल बितरण गरिएको हो । संस्थाले गएको माघ १४ गते फेटा गाउपालिकाको वडा नम्बर १ रजवटियामा ३१ तथा वडा नम्बर ४ को बतरामा २९ बिपन्न परिवारलाई ब्लान्केट बितरण गरिसकेको संस्थाका अध्यक्ष मुकद्दम अन्सारीले जनाएका छन ।
वडा नम्बर २७ का अध्यक्ष अशोक तिवारीले स्वागत गर्दै टेवाको यो कार्य प्रती कृतज्ञता जनाए । टेवाले आफ्नो वडाका सिमान्तकृत समुदायको जीवन स्तर उकास्न अत्यन्तै सहयोग गरेको प्रती त्यसको गुण तिर्न नसकिने बताउदै सदैव वडा आभारी रहने बताएका छन । कार्यक्रमको सन्चालन सन्चारकर्मी साजिर मन्सूरले गरेका थिए ।