साजिर मन्सूर
कलैया,माघ २७

उधोग खोलौ स्वरोजगार बनौ आर्थिक समस्या अन्त्य गरौ भन्ने नारा सहित कलैया उपमहानगरपालिका द्वारा
संचालित गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम ( मेड्पा) अन्तरगत महिला समुहलाई पेपर रोल हस्तान्तरण गरिएको छ । कलैया ५ बरेवाका ईनायत पेपर प्लेट उधोग दर्ता गराएर सन्चालन गरेका महिलाहरुलाई कलैयाका मेयर बिनोद साह र उप मेयर रौशन प्रवीणले सो पेपेर रोल हस्तान्तरण गरेका हुन । उधोगका महिलाहरुले प्लेट पेपर बनाउन १ लाख ३० हजारमा सानो उधोग सन्चालन गर्दै आएको मेडपा कलैयाका लघु उधम सहजकर्ता आशिष् चौधरीले जनाएका छन । चौधरीले यसरी नै लघु उधम बिकास कार्यक्रम अन्य वडाहरुमा समेत सन्चालनमा रहेको बताएका छन । महिलाहरुलाई सो मेसिन खरिदका लागि मेडपा कार्यक्रम बाट १ लाख अनुदान दिएको र बाकी ती महिलाहरुले संकलन गरेको चौधरीले जनाएका छन । महिलाहरुले अब पेपरको बिक्री गर्न आवस्यक बजारको लागि सम्बन्धित निकायको सहयोग को आशा गरेका छन ।
उधोग विणज्य तथा अापुर्ती मन्त्रालय को सहयोगमा सो पेपर रोल हस्तान्तरण गरिएको लघु उधम सहजकर्ता सपना एरिले जनाएकी छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर