साजिर मन्सूर
कलैया,फाल्गुन १३

कलैयामा जारी कलैया टि २० मेयर कप क्रीकेट प्रतियोगिता को उपाधीमाथी बिरगंजले कब्जा गरेको छ । कलैया स्थित सिदेस्वर खेल परिषरमा जारी प्रतियोगिताको उपाधिमाथी हेटौंडालाई २३ रनले पराजित गर्दै बिरगंजले कब्जा गरेको हो । फाईनल खेलमा टस जितेर बिरगंजले ब्याटिङ्ग गर्दै २० ओभरमा १ सय ४१ रन बनाएको थियो । पहिले ब्याटिङ गर्दै बिरगंजका कप्तान सुरज पटेलले ४९ रन बनाएका थिए । नशिरुद्दिन अन्सारीले २१ र सम्साद मन्सुरिले नट आउट १७ रन बनाएका थिए ।
हेटौंडाको लागि समीर चौलागाईंले ४ ओभर बलिङ्ग गर्दै २६ रन दिएर २ विकेट लिए । रिजन ढकालले ४ ओभरमा ९ रन दिएर २ बिकेट लिए । हेटौंडाका राम नरेश गिरि,विशाल फुयाल र आशिष् पोखरेलले समान १/१ बिकेट लिएका थिए ।
जवाफी ब्याटिङमा ओर्लिएको हेटौंडाले १९ ओभर ४ बलमा १ सय १८ रन मात्र बनाउन सक्यो । हेटौंडा का लागि सुबर्ण भट्टले २८ रन,सछम बस्ताकोटीले २५ रन गौरव खड्काले २२ रन बनाउन बाहेक अन्यले राम्रो प्रदर्सन गर्न नसक्दा हेटौंडाले हार ब्योहोर्नु परेको हो । बिरगंजका लागि साहिल हवारिले ४ बिकेट,रन्जित कुमारले २ बिकेट तथा सैफुल्लाह अन्सारीले २ बिकेट लिएका थिए ।
आजको फाईनल खेलको म्यान अफ द म्याच बिरगंजका कप्तान सुरज पटेल घोषित भएको प्रतियोगिता सम्योजक जट्टाशन्कर सरार्फले जानकारी गराए । त्यस्तै प्रतियोगिताको बेस्ट बलर कलैयाका तिर्थ राज दास,बेस्ट ब्याट्स म्यान हेटौंडाका शुभ कन्सकार,उदयीमान खेलाडि हेटौंडाका आशिष् पोखरेल,प्रतियोगिताको म्यान अफ द सिरिज हेटौंडा का सुभ कन्सकार घोषित भएका छ्न ।

बिजेता क्लबले नगद ६० हजार सहित कप र प्रमाणपत्र पाएको थियो भने उप बिजेताले नगद ३० हजार सहित कप मेडल प्रमाणपत्र पाएको छ । दोश्रो नगद पुरस्कार ३० हजार बाल एकता क्याम्पसका रुपेश सरार्फले हस्तान्तरण गरेका थिए ।

बिजेता तथा उप बिजेता क्लबका खेलाडीहरुलाई कलैया उपमहानगरपालिका का नगर उप प्रमुख तथा प्रमुख अतिथि रौशन प्रविणले नगद प्रमाणपत्र मेडल तथा कप प्रदान गरेकि हुन।
कलैया क्रीकेट क्लबका अध्यक्ष तसिरुदिन मन्सूरको अध्यक्षतामा भएको पुरस्कार बितरण समारोहमा कलैयाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह,कलैया उपमहानगरपालिका का प्रशासन शाखा प्रमुख दिवाकर झा,कलैया नगर खेलकुद बिकास समिती सम्योजक एम समिउल्लाह,बारा कृकेट संघ का अध्यक्ष प्रभात चौरसिया,कलैया उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष राजेश मन्डल,कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्य एवम युवा नेता शशी दास (ब्रेटली) खो खो प्रशिक्षक क्यामुदिन मन्सूर,बाल एकता क्याम्पसका प्रधानाध्यापक रुपेश सरार्फ,ब्राईट ल्याण्ड बोर्डिङका सन्चालक मनोज यादव,बारा खेलकुद बिकास समितिका कार्यालय प्रमुख प्रदिप शर्मा,ग्यालेक्सी बोर्डिङको सन्चालक महाबिर रिसाल,एनएलजी ईन्स्योरेन्स कम्पनिका प्रदेश प्रमुख शैलेश राज रेग्मी,महालक्ष्मी मोबाईलको एरिया म्यानेजर दिलिप खड्का,खेलकुद प्रेमी अरबाज अन्सारी,बजाज शो रुमका सह सन्चालक रजत गुप्ता लगायतकाको उपस्थिति रहेको प्रतियोगिता उप संयोजक निरज पास्वानले जानकारी गराए ।

कलैया उपमहानगरपालिकाले प्रायोजन गरेको प्रतियोगिता को आयोजना कलैया क्रीकेट क्लबले गरेको थियो । कार्यक्रम को सन्चालन सुदिप चौधरीले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर