साजिर मन्सूर
कलैया,फाल्गुन १५

बारा सदरमुकाम कलैयालाई मेडिकलको हब बनाउने अभियानमा थप उर्जा थप्न कलैया ५ मा पर्ने जिल्ला प्रहरी कार्यालय बाराको पस्छिम पट्टि बालमन्दिर अगाडी सुबिधा सम्पन्न रुपमा खुलेको आशिर्वाद हस्पिटल कलैया प्रालीले रामराजा मो बि साह बहुमुखी क्याम्पसका कक्षा ११ र १२ का छात्राहरुलाई सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । छात्राहरूलाई महिनाबारीका बारेमा बिस्तृत जानकारी सहित यसको बिषयमा छात्राहरुको जिज्ञासालाई अस्पतालका सन्चालक स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर राजेश कुमार साहले सम्बोधन गरेका थिए । महिनाबारिमा कसरी सुरक्षित रहने,नरहे केके समस्या आउँछ यश बारेमा डाक्टर साहले जानकारी गराएका छन । बिधालय र क्याम्पस स्तरमासमेत यो अस्पतालले बढी बन्दा बढी सचेतना जगाउने अभिप्रायले यो कार्यक्रमको आयोजना गरिएको डाईरेक्टर साहले जनाएका छन ।

क्याम्पसमा ५ सय पिस सेनेटरी प्याड निशुल्क बितरण गरिएको अस्पतालको नर्सिङ्ग वाड प्रमुख बिन्दु चौधरीले जनाईन ।
अस्पतालले २४ सै घन्टा आईसियु एन आईसियु,प्रसुती सेवा,ईमर्जेन्सी सेवा,हाड तथा जोर्नी सेवा,नवजात शिशु तथा बाल रोग सेवा,फिजिसियन सेवा,भिडियो एक्सरे,जेनेरेटर सर्जरी सेवा उपलब्ध गराईने अस्पतालको डाईरेक्टर समेत रहेका डा.साहले जनाएका छन ।डा. साहले गरिब बिपन्न परिवारका लागि पनि बिशेष सहुलियतमा उपचार सेवा उपलब्ध गराउदै आएको बताएका छन ।
क्याम्पस प्रमुख हरिभुषण कुश्वाहाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख निवेश तिमिल्सिना( प्रशासनिक),सहायक क्याम्पस प्रमुख (शैक्षणिक)प्रध्यापक चुमन बाबु केवट,शिक्षण सहायक अमित मिश्र,अस्पतालको तर्फबाट नर्स रुबि गुप्ता,हेल्थ असिस्टेन्ट दिपक चौहान,अकलेश यादव,ईजहारुल हवारी,राहुल पटेल,रन्जु चौधरी लगायतकाको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर