साजिर मन्सूर
कलैया,फाल्गुन १६

जिल्ला प्रशासन कार्यालय बाराले जिल्लामा डिजे र अस्लिल गित बन्द गराउने स्वागतयोग्य निर्णय गरेको भन्दै जिल्लाभर प्रसंशा भैरहेका बेला निर्णय कार्यान्वयनमा ढिलाई किन भएको भन्ने प्रश्नमा बाराका एसपी प्रहरी प्रमुख होबिन्द्र बोगटिले कार्यान्वयनमा कुनै कसर बाकी नराखिने बताएका छन । अस्लिलता मुक्त समाज निर्माण अभियानका अभियन्ताहरु सङ्गको भेटमा एसपी बोगटिले यस्तो बताएका हुन । निर्णय कार्यान्वयनमा नदेखिएको जन गुनासो बढेपछी अभियन्ताहरु बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बोगटी सङ्ग भेटेर निर्णय कार्यान्वयनका लागि आग्रह गरेका छन । ।
अभियन्ताहरु सङ्गको भेटका क्रममा एसपी बोगटिले आजबाट प्रहरीले अस्लिल गित बजाउनेलाई कार्वाही तथा डिजेलाई नियन्त्रणमा लिने प्रतिबद्धता जनाएका छन ।
यसै बिचमा अभियन्ताहरु बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा सङ्ग समेत निर्णय कार्यान्वयन मा कुनै कसर बाकी नराख्न आग्रह गरेका छन ।
सो अवसरमा संयोगले कलैया उपमहानगरपालिका का मेयर बिनोद साह तथा प्रसौनी गाउपालिकाका अध्यक्ष बिनोद जयस्वाल सहित अभियन्ताहरु साजिर मन्सूर,जेसि अनिल सिन्हा,सागर पटेल समेतको उपस्थिति रहेको थियो । पालिका प्रमुख हरुले समेत निर्णय कार्यान्वयन गर्न एसपीलाई ध्यानाकर्षण गराएका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार