पृयन्का कुमारी दास
कलैया,फाल्गुन २०
सुवर्ण गाँउपालिकाले महान पर्व होलिको अवसरमा सुभकामना आदानप्रदान गर्दै होलि मिलन समारोह सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष राजेश यादवको अध्यक्षतामा होलि मिलन कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष यादवले परापुर्व काल देखि मनाउदै आईरहेको हिन्दुहरुको महान चाड होलि पर्व यसपाली पनि धुमधामका साथ सभ्य रुपमा मनाउन आग्रह गरेका छ्न । सुवर्ण गउँपालिकाको वडा नं. १ बगहीमा आयोजित होलि मिलन कार्यक्रममा विभिन्न राजनैतिक दल ,संघ- सस्थाका प्रतिनिधि, बुद्धिजिवि , युवाहरु र सन्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । होलि कार्यक्रमका नाममा कसैले पनि अस्लिल गित बजाउन नहुने गाउपालोका अध्यक्ष यादवले आग्रह गरेका छन ।
सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जिल्लामा डिजे र अस्लिल गित बजेकाले दिर्घ रोगी मुटुका रोगीलाई अत्यन्तै गार्हो हुने गरेको र अस्लिल गितले समाजमा नकारात्मक असर परेकाले सो लाई निशेध गरिएको बताए । साथै प्रजिअले कसैले अटेरी गरे प्रहरिलाई खबर गर्न समेत भनेका छन । होलि पर्व सदभाव , आपसि भाईचार , दीर्घकालिन प्रेमभाव र सदियोदेखी मनाउदै आईरहेको खुशिको पर्व भएकाए यसलाई सभ्य भएर मनाउन गाउँपालिका अध्यक्ष यादवले आग्रह गरेका छन ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702