साजिर मन्सूर
कलैया,फाल्गुन २९
एचआईभी सन्क्रमित भएका हरु सङ्ग प्रादेशिक अस्पताल कलैयाका डाक्टरहरु पनि डराउने गरेको ब्लु हेभेन नेपाल कलैयाकी कार्यक्रम सम्योजक पुर्णिमा श्रेष्ठले बताएकी छन । एचआईभी सन्क्रमितहरु सङ्ग भेदभाव तथा लान्छना सम्बन्धि आयोजित पत्रकार सङ्ग अन्तरक्रिया कार्यक्रममा सम्योजक श्रेष्ठले यस्तो बताएकी हुन । कलैया ४ स्थित जिल्ला अदालत नीर रहेको संस्थाको हलमा आयोजित कार्यक्रममा पत्रकारहरु सङ्ग श्रेष्ठले यस्तो बताएकी छन ।
श्रेष्ठले एचआईभि बारे पढेलेखेका समाज देखि अहिले पनि डाक्टरहरु समेत अनबिग्य हुनु दु:खद भएको बताईन । प्रादेशिक अस्पताल कलैयाका डाक्टरहरु सङ्ग समेत सल्लाह लिन पुग्दा उनिहरु एचआईभी लागेकालाई छुन समेत डराउने गरेको दुखेसो पोखिन । यसरी डाक्टरहरुले सिधै अन्यत्र उपचार गराउन लग्नुस भनेको सुन्दा अचम्म लाग्ने गरेको बताउदै एचआईभी भएकाहरुले औसधि सेवन गरे सामान्य नागरिक सरह जीवन बाच्न सक्ने समेत उल्लेख गरेकी छन ।
एड्स लागेका ब्यक्तीलाई लान्छना भेदभाव अन्त्य कसरी गराउन सक्ने बिषयमा श्रेष्ठले जानकारी गराएकी छन । रुढीबादी परम्पराको अन्त्य कसरी गर्ने बताउदै यो रोग लाग्ने बितिकै मान्छे मर्ने हुदैन यसको औषधि छ निरन्तर को सेवनले सामान्य जीवन बाच्न सक्ने श्रेष्ठले बताईन ।
एचआईभि जो कोहिलाई पनि लाग्न सक्छ भन्दै डक्टरहरुले समेत एच आई भि भएकालाई हेर्ने दृस्टीकोण गलत रहेको र यसलाई बदल्नु पर्ने बताईन । नकारात्मक ब्यवहारले सम्क्रमितहरुमा एनजाईटी,डिप्रेसनमा जाने अवस्था रहेको श्रेष्ठले बताएकी छन ।
श्रेष्ठले बारामा अहिले २ सय जना नियमित एचआईभि को औसधि खान्छन जसमा ४५ जना महिला समेत रहेको बताईन । बारामा हाल ५ हजार समलिङ्गी तथा तेस्रो लिङ्गी रहेको जसमा ५५ जना एचआईभी सन्क्रमित भएको जनाईन ।
बारामा हाल जम्मा ४ सय ६० को संख्यामा एचआईभी सब्क्रमितहरु रहेको समेत उनले बताएकी छन ।
गोपनियताको कारण अन्य जिल्लामा गएर पनि केहिले औषधि खाने गरेको उनले बताईन । बारामा एचआईभी का कारण अहिले सम्म ७ जनाको ज्यान गैसकेको कार्यक्रम सम्योजक श्रेष्ठले जनाईन ।
आयोजक ब्लु हेभेन नेपाल कलैयाको आयोजनामा भएको कार्यक्रममा बारा र पर्साका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार