विस्वास सम्बादाता
बिरगंज,चैत ४
गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता पेसागत हित का लागि नेपाल शिक्षाक संघ मा आबद्धता मुल नारा को साथ नेपाल शिक्षक संघको ९ औं जिल्ला अधिवेशन २०७९ कार्यक्रम उद्घाटनको सत्र सुरु भएको छ।
सो उद्घाटन सत्र मा बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलमले शिक्षा क्षेत्र मा शिक्षकहरु को ठूलो योगदान रहेको बताएका छन । कुनै बेला कुनै ठाउँ मा मेरो आवस्यकता परे आफू सङ्ग सम्पर्क गर्न आलमले बताए ।आलमले शिक्षहरु को सहयोग को लागि जहिले पनि तत्पर रहने बताए । अधिवेशन सफल को शुभकामना दिदै नया आउने कार्यसमितीलाई शुभकामना समेत दिएका छन । नेपाल शिक्षाक संघ पर्साका अध्यक्ष प्रदिप कुमार जैसवालको अध्यक्षता तथा नेपाली कांग्रेस का केन्द्रिय सदस्य मधेस प्रदेश का प्रदेश इन्चार्ज तथा पर्सा क्षेत्र नम्बर ४ का सांसद माननीय रमेश रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि माननीय विधायक जनार्दन सिंह क्षेत्री, विधायक शंकर प्रसाद चौधरी, बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम, नेपाली कांग्रेस का जिल्ला उपाध्यक्षमा रामनारायण कुर्मी, अशोक गुप्ता, नेपाली कांग्रेस का जिल्ला सहसचिव नवीन सिंह, जगरनाथपुर गाउपालिका का अध्यक्ष श्रीकांत यादव लगायत का अतिथिहरु को उपस्तिथि रहेको थियो । सो कार्यक्रम मा सांसद रमेश रिजाल र विधायक जनार्दन सिंह क्षेत्री ला सम्मान गरिएको थियो भने पुर्व नेपाल शिक्षाक संघ हरु लाई सम्मान गरेको थियो भने अवकाश प्राप्त शिक्षकहरुलाई सम्मान गरिएको थियो । त्यसै गरि महानगर पालिका का उप प्रमुख इम्तियाज आलम लाई सम्मान गरिए थियो ।
कार्यक्रम मा स्वागत मन्तव्य नेपाल शिक्षाक संघ का जिल्ला उपाध्यक्ष कोपिला कडेल चौरसिया ले गर्नु भएको थियो भने कार्यक्रम संचालन अशोक कुमार साह ले गरेका थिए।







