
साजिर मन्सूर
कलैया,चैत ५
ईस्लामिक रिलिफ नेपालले २४७ बिपन्न घर परिवारमा पोषण युक्त खाद्यान्न सामग्री बितरण गरेको छ । महागढिमाई नगरपालिका वडा नम्बर ८ बेतौनाका मुस्लिम परिवारलाई रमादान पर्वमा सहज होस भनेर सो परिमाणमा खाद्यान्न बितरण गरिएको जनजागरण युवा क्लब बाराका अध्यक्ष भैयाराम यादवले जनाएका छन । सो अवसरमा प्रती परिवार प्रीमियम कतरनी चामल ४० किलो,मसुरो दाल ५ किलो,चिनी ४ किलो,अमृत सुर्यमुखी तेल ४ लिटर,आयो नुन ३ किलो खाद्यान्न बितरण गरिएको अध्यक्ष यादवले जनाएका छन ।यसरी प्रती परिवार बितरण गरिएको सो खाद्यान्नको लागत रु.५ हजार ६ सय २५ पर्ने यादवले जनाएका छन ।
महागढिमाई नगरपालिकाको वडा नम्बर १ ,२ र ८ त्यस्तै सुवर्ण गाउपालिकाको वडा नम्बर १,५,६ र ८ गरि जम्मा १२३५ बिपन्न परिवारलाई यो अभियान अन्तरगत गरिब,बिपन्न,असहाय,एकल महिला,अपाङ्ग,अशक्त जेष्ठ नागरिकलाई खाद्यान्न बितरण गरिने जनजागरण युवा क्लबका कोषाध्यक्ष सियाराम यादवले जनाए ।
मुस्लिमहरुले नेपालमा रमादानको रोजा व्रत आउदो शुक्रवार देखि बस्ने बेतौनाका का ७३ बर्षिय ग्यासुदिन अन्सारीले बताए । यसरी शुक्रबार देखि रोजा बस्ने भएपनी यो महिना भरी मस्जिदमा पढिने तराबी एक दिन पहिला बिहिबार देखि नै पढिने अन्सारीले बताए । यो महिनाभर बिहानै ४ बजे भन्दा पहिले सेहरी( बिहानको खाना) खाईसक्नु पर्ने त्यस पश्चात् दिनभर खाना पानी केही नखाई साझ ७ बजे ईफ्तार(बेलुकिको खाना) खाने गरिने कलैया ३ भवानिपुर जामे मस्जिदका पुर्व अध्यक्ष हाजी राजमहमद मन्सूरले बताए । यसरी एक महिनाको कडा व्रत पश्चात् अन्तिममा ईदुल फित्र(ईद पर्व) मनाईन्छ ।
महागढिमाई नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष ओहाब अन्सारीको अध्यक्षता तथा महागढिमाई नगरपालिकाका उप प्रमुख तारा देबि कानुको प्रमुख आतिथ्यमा भएको खाद्यान्न बितरण कार्यक्रममा वडा सदस्यहरु सियाराम राय यादव,गिता देबि चौरसिया,लाल्मुनी देबिराम,रामलाल चौरसिया,साबिर अलि,पुर्व वडा अध्यक्ष जहिर अन्सारी,वडा सल्लाहकार मन्सूर अन्सारी,स्थानिय कलामुदिन अन्सारी,एनुलहक मास्टर,मजिद अन्सारी,सफरुद्दिन अन्सारी,संस्थाको उपाध्यक्ष राजदेव साह,कार्यकारी निर्देशक श्रीनिवास बैठा सहित वडाका समाजसेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन जनजागरण युवा क्लबको लक्ष्मी खरेलले गरेकी थिइन ।