साजिर मन्सूर
कलैया,चैत्र १०

बारा सदरमुकाम कलैयामा ३ दिने लैङ्िगक उतरदायी र समावेशी शिक्षा प्रणाली सम्बन्धि स्थानिय तहको योजना निर्माण सम्बन्धि तालिम सम्पन्न भएको छ । गैरसरकारी संस्था आस्मान नेपालको आयोजनामा भएको तालिममा कलैया उपमहानगरपालिकाको शिक्षालाई अझ ससक्त र गुणस्तरीय बनाउन टेवा पुग्ने किसिमले कार्यक्रम सम्पन्न भएको हो ।
तालिमका अवसरमा समावेशी शिक्षा भन्नाले समाजमा रहेका हरेक वर्ग, क्षेत्र, समुदाय, सम्प्रदाय, जातजाती लगायत शिक्षाबाट बन्चित रहेका वर्गलाई उनिहरुको आबश्यकता र चाहना अनुसारको शिक्षा प्रदान गरी गुणस्तरीय जिवन यापन गर्न सक्ने बनाई शिक्षाको माध्यमबाट राज्यको मुल प्रवाहमा समाहित गर्ने शिक्षणको आधुनिक विधि नै समावेशी शिक्षा भएको जनाईएको छ ।

समावेशी शिक्षाले विशेष गरी शिक्षाको मुल प्रवाहबाट बाहिर रहेका वा बन्चितिमा परेका वा पारिएका बालबालिका तथा प्रौढहरु समेतलाई शिक्षाको मुल प्रवाहमा समाहित गर्ने प्रक्रियालाई बुझाउँछ त्यसैले शिक्षा योजना निर्माण का लागि स्थानिय निकायका जनशक्तिको छमता बिकास गर्नुपर्ने देखिएको छ । त्यसका लागि संबंधित जनशक्तिको छमता बिकास गर्न अत्यावश्यक रहेको प्रधानाध्यापक नरेन्द्र गिरिले बताए ।
तालिमका क्रममा सहभागी हरुले बाल बिकास र शिक्षा भौतिक पुर्वाधार बिकास,स्वास्थ्य र पोषण,सामुदायिक सिकाई केंद्रको ब्यवस्थापन,स्वास्थ्य र पोषण,शिक्षक ब्यवस्थापन र बिकास,बिषय छेत्रहरुका योजना निर्माण लेखन अभ्यास गराईएको थियो । बिषय छेत्रहरुको नाम,परिचय,बर्तमान अवस्था,उदेश्य,रणनीति र कार्यनिति/कार्यक्रम जस्ता बिषय समावेश रहेका थिए ।
उक्त तालिममा कलैया उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख उप सचिव प्रल्हाद बर्णवाल,स्वास्थ्य शाखाका प्रमुख प्रेमचन्द्र जयस्वाल,श्री ३ चन्द्र माबी कलैयाका प्रधानाध्यापक नरेन्द्र गिरि,श्री नेरा माबी मनहर्वाका प्राधानाध्यापक हरिकिशोर कुवर,श्री नेरा माबी मटिअर्वाका प्राधानाध्यापक रामबाबु प्रसाद कुश्वाहा,श्री जनता माबी भवानिपुर कलैयाका प्रधानाध्यापक लालबाबु जयस्वार,शिक्षा युवा तथा खेलकुद महाशाखाका शिक्षा अधिकृत बिजय अधिकारी,महिला तथा बालबालिका शाखा कलैयाका प्रमुख नेहा केशरी,पन्जिकरण शाखाका प्रमुख तपसी चौरसिया,कृषि शाखा कलैयाका अधिकृत कुन्दन यादव,पशु शाखाका डा.मनिश मन्डल,भिएसओ नेपालको रास्ट्रीय स्वयंसेवक सनिशा ज्ञवाली,सिएलसी सहजकर्ता निशा ठाकुर,स्वास्थ्य सहजकर्ता ललिता जास्वाल,साक्षर सामुदायिक सिकाई केन्द्र कलैयाका अध्यक्ष,बागेस्वरी सामुदायिक सिकाई केंद्रको अध्यक्ष सुनिल पटेल,महागढिमाई सामुदायिक सिकाई केंद्रको अध्यक्ष प्रकाश कुमार चौरसिया,गौरा सामुदायिक सिकाई केंद्र मनहर्वाका अध्यक्ष मिना चौधरीको सहभागिता रहेको तालिम ब्यवस्थापक तथा आस्मान नेपालका कार्यक्रम संयोजक त्रीलोक कुमार मन्डलले जनाएका छन ।
तालिमको मुख्य सहजीकरण नेपाल सरकार शिक्षा मन्त्रालयको पुर्व सह सचिव निरा शाक्यले गरेकी थिईन ।
तालिम बृटिस काउन्सिलको आर्थिक सहयोग तथा आस्मान नेपालको सहजीकरणमा सम्पन्न भएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर