शिल्पा कुश्वाहा
कलैया,बैशाख

बजाज मोटर्सको आधिकारिक बिक्रेता गुप्ता मोर्ट्स कलैयाबाट प्लाटिना एक सय सिसि मोटरसाइकल किन्दा एक जनाले एक केजी चाँदी पुरस्कार जितेका छन ।

बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वडा ४ स्थित गुप्ता मोर्ट्स बाट मोटरसाइकल शोरूमले नेपालको ख्याती प्राप्त गोल्छा ग्रुपको २५ औं बार्शिकोत्सवको शुभ अवसरमा घोषणा गरेको २५ जना भाग्यशाली ग्राहकलाई १/१ केजी चाँदी उपहार दिने योजना अन्तर्गत कोल्बी नगरपालिका वार्ड न.१ स्थित बटौलिया टोल बस्ने विजेन्द्र प्रसाद चौधरी एक केजी चाँदी उपहार जितेको सन्चालक रितेश गुप्ताले जनाएका छन ।

बैशाख १२ गते चौधरीले कलैयाको गुप्ता मोर्ट्स शोरूमबाट बजाज प्लाटिना मोटरसाइकल खरिद गर्दा लक्कीड्र बाट उनको नाम आएपछि एक केजी चाँदी जितेको गुप्ताले बताए । चान्दिको बजार मूल्य अहिले करिब १ लाख २४ हजार माथी रहेको गुप्ताले बताए ।

गोल्छा ग्रुपको २५ औं वर्षिक उत्सवको अवसरमा २५ वर्षको नेतृत्व योजना अन्तर्गत एक केजी चाँदी उपहारको व्यवस्था रहेको छ । नेपालभर पचीस जनालाई पर्ने र सो क्रममा ६ जनालाई परिसकेको छ भने उन्नाइस जना ग्राहकलाई पर्न बाकी रहेका गुप्ता मोर्ट्सका संचालक गुप्ताले बताएका छन् । पुरस्कार एक किलो चान्दी पाएपछि चौधरीले आफू अत्यन्तै खुशी भएको र सबैलाई यहि मोटरसाइकल किन्न सल्लाह दिए । प्लाटिना अत्यन्तै राम्रो,सहज र कम तेल खाने मोटरसाइकल भएकाले यहि रोजेको चौधरीले बताए ।

गुप्ता मोर्ट्सका संचालक गुप्ताको अध्यक्षतामा भएको पुरस्कार हस्तान्तरण तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि कम्पनीका हेड अफ सेल्स श्रीधर भण्डारी एवम क्षेत्रीय अधिकारी विजय कुमार सिंहले संयुक्त रुपमा एक किलो चान्दी हस्तान्तरण गरेका थिए । सो अवसरमा भाग्यशाली ग्राहक चौधरी सहित उनका परिवारका सदस्य शो रुमका कर्मचारी लगायत सन्चारकर्मीहरुको उपस्तिथि रहेको थियोे ।

गुप्ता मोर्ट्सका संचालक गुप्ताले स्वागत गरेको कार्यक्रमको सन्चालन विश्वास एफएमका प्रबन्ध निर्देशक साजिर मन्सुरले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर