साजिर मन्सूर
कलैया,बैशाख १७
पुर्व उपप्रधानमन्त्री एवम जसपाका रास्ट्रीय अध्यक्ष एवम नव निर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले देशमा रहेका पिछडिएको समाजलाई बिकसित गर्ने अभिभारा आफुहरुको काधमा रहेको बताएका छन । कलैया उपमहानगरपालिकामा जसपा पार्टी बाट निर्वाचित ६ जना वडा अध्यक्ष तथा २ जना कार्यपालिका सदस्यहरु द्वारा करण राज पार्टी प्यालेस्मा आयोजित बधाई तथा सम्मान कार्यक्रममा यादवले यस्तो बताएका हुन । देशको असमानतालाई हटाउदै सदियौ देखि उत्पिडनमा परेकालाई राज्यको मुल धारमा ल्याउनुपर्ने यादवले बताएका छन ।
लोककल्याणकारी समता मुलक समाज बनाउन लाग्नु पर्ने
संगठित र मजबुत बन्न बाकी रहेको बताउदै यसको पुर्तिका निमित सबै लड्न बाकी रहेको बताए ।
बारामा आफू केवल एक पात्र भएको तर तपाईहरुले लडेर यहाका जनताले जितेको भनी सबैलाई बधाई दिएका छन ।
गठबन्धन दलका सबैलाई सहयोगका लागि धन्यवाद दिदै
राजनितीक परिवर्तन भयो तर समाजिक परिवर्तन गर्न बाकी रहेको त्यसका लागि शैक्षिक परिवर्तन ल्याउन जरुरी भएको यादवले बताए ।
आर्थिक र समाजिक परिवर्तन सङ्गै सबै खाले विभेद अन्त्य गर्न लाग्नु पर्ने बताउदै सबैको सहयोग र साथ जरुरी भएको यादवले बताए ।
समाजबादी लोकतन्त्रलाई मजबुत बनाउनु नै आफुहरुको मुख्य लक्ष्य रहेको र सङ्हर्स अझै गर्न बाकी रहेको बताए । त्यसको लागि सबै एक भएर अगाडि बढ्न जरुरी रहेको समेत उनले बताए ।
कलैया उपमहानगरपालिकामा जसपा पार्टी बाट निर्वाचित ६ जना वडा अध्यक्ष तथा २ जना कार्यपालिका सदस्यहरु द्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा जसपाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको वडा नम्बर ६ का वडा अध्यक्ष राम बिश्वास ठाकुरले जनाएका छन ।
वडा नम्बर ४ का अध्यक्ष रामेस्वर यादवको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा नम्बर २६ का अध्यक्ष धर्मेन्द्र यादवले गरेका थिए । कार्यक्रमको सन्चालन कलैया उपमहानगरपालिकाका कार्यपालिका सदस्य उदित गुप्ताले गरेका थिए ।
जसपाले सदरमुकाम कलैयामा रहेको २७ वटा वडा मध्ये ६ वटामा गएको स्थानिय निर्वाचनमा जितेको थियो । जसपाले वडा नम्बर ४ मा रामेस्वर यादव,६ मा रामबिश्वाश ठाकुर,८ रन्जित चैरसिया,१६ षेष्नाथ साह,१९ हरेन्द्र पटेल,२६ मा धर्मेन्द्र यादव जितेका हुन ।







