कलैया । बारामा खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।मृत्यु हुने मा जिल्ला को कलैया उपमहानगरपालिका वडा नम्बर १० की ७ वर्षिय बालिका मनिषाकुमारी राम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । सोनी इँट्टाभट्टाको पानी जमेको खाल्डोमा नुहाउने क्रममा पानीमा डुबेकी थिइन् ।

पानीमा डुबेर घाइते भएकी उनलाई उद्धार गरी अस्पताल लैजाँदै गर्दा आइतबार दिउँसो बाटोमै मृत्यु भएको प्रब्क्ता मिश्र ले जानकारी दिएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर