साजिर मन्सूर
कलैया,जेष्ठ १०
नेपाली काङ्ग्रेस रुपान्तरण अभियानमा देश दौडाहामा निस्केका काङ्ग्रेस का भावशाली नेता केन्द्रिय सदस्य मधु आचार्यले काङ्ग्रेसको कृयाशिल सदस्यता प्रणाली नै परिवर्तन हुनुपर्ने बताएका छन । काङ्ग्रेस बाराका सचिव युवा नेता राजेश रौनियारको निजि सचिवालयमा राखिएको नेता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै केन्द्रिय सदस्य आचार्यले काङ्ग्रेस भित्र नया सृजनाका लागि यो अभियान थालिएको बताए । चुनाव अगाडीको गठबन्धन अराजनीतिक अदार्षनिक अभ्यास हो त्यसैले काङ्ग्रेस अब गठबन्धन गर्नु हुदैन भन्नेमा समेत आचार्यले जोड दिएका छन । आचार्यले केवल आफ्नो स्वार्थका लागि रुख चिन्ह नै नभएको चुनाव मा सहभागी हुनु काङ्ग्रेस बिलय गराउने अभियान हो यसको घोर बिरोध गर्नुपर्ने बताएका छन । मधेस प्रदेशले काङ्ग्रेस सङ्ग बढी अपेक्षा गरेपनी जब मधेशमा टिकट बितरण देखि अन्य सबै सवालमा न्याय गर्न सक्दैनौं तब काङ्ग्रेस नै कमजोर हुने आचार्यको तर्क छ ।
बिधानत काङ्ग्रेस मा प्रत्येक २ महिनामा बैठक बस्ने भनिएपनि महाधिवेशनको १० महिना बित्दा पनि केन्द्रिय समितिको बैठक बस्न नसक्नु दुखद भएको बताए ।
काङ्ग्रेस बागमती प्रदेश अध्यक्ष प्रत्यासी एवम काङ्ग्रेस नेता जगदिश्वर नरसिन्ह केसिले देशको आर्थिक अवस्था खस्कदै जादा काङ्ग्रेस मौन बस्नु दु:खद भएको बताएका छन । काङ्ग्रेस पार्टी भनेको संस्कार नीति र देशको इज्जत हो त्यसैले हामी सबैको काधमा यसको रछाका लागि हामी सबै मिलेर काङ्ग्रेस बचाउने अभियानमा लाग्न जरुरी रहेको नेता केसिले बताएका छन । केसिले एउटै ब्यक्ति पार्टी को सबै पदमा किन जान्छन त्यसको बिरोध हुनुपर्छ भन्नेमा जोड दिएका छन । हामिले बेथितिका बिरुद्ध नबोले पार्टी झन झन कमजोर हुँदै जाने केसिले बताएका छन ।
सोही अवसरमा नेताको मसाज गर्नेहरु पिसाज बन्दै काङ्ग्रेस डुबाएको काङ्ग्रेस नेतृ महाधिवेशन प्रतिनिधि बिष्णु देबि पाण्डेले बताएकी छन । नेतृ पाण्डेले नेपाली काङ्ग्रेस रुपान्तरण अभियान समग्र प्रजातान्त्रिक सोच बोकेकाहरुको आवस्यकता भएको बताउदै यसमा सबैको सहयोग अपरिहार्य भएको बताएकी छन । सो अवसरमा बारा काङ्ग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।







