साजिर मन्सूर
कलैया,जेष्ठ १५
आज जेष्ठ १५ गते नेपालमा गणतन्त्र दिवस बाराको प्रसौनी गाउपालिकाले भब्यताका साथ मनाएको छ् । रास्ट्रीय पर्व र उत्सवका रुपमा नै मनाउदै गाउपालिकाले प्राङ्गणमा बृछारोपण गरि मनाएको छ । गाउपालिका अध्यक्ष बिनोद प्रसाद जयस्वालले देशमा आम जनताको छोराछोरी रास्ट्र प्रमुख भएको देख्न हामिले गणतन्त्रकै उपलब्धि भएको बताएका छन । गाउपालिका अध्यक्ष जयस्वालले सबैमा गणतन्त्रको सुभकामना दिदै गाउपालिका बासी सङ्ग गरेको सबै बाचा पूरा गर्नमा लागिपरेको बताए । जयस्वलाले पालिकाको शिक्षा र स्वास्थमा सब भन्दा बढी ध्यान दिएको बताए । अध्यक्ष जयस्वालले पालिकाको पानी निकास नहुदा बिघौ बिघामा खेती नहुने अवस्था अन्त्य गर्न प्रसौनी बजार नजिकको पोखरी बाट सिङहा खोला सम्म ढल निकास गराएको बताए । अध्यक्ष जयस्वालले गठबन्धन का नाममा प्रसौनिको जनताको काम ओझेलमा परेको प्रती दुख व्यक्त गरेका छन । देशमा धेरै बलिदानी पश्चात् गणतन्त्र आएको भन्दै यसको संरक्षण हामि सबै मिलेर गर्नुपर्नेमा जोड दिए । पालिकाको उत्कृष्ट बिद्यार्थीहरुलाई छात्रवृत्ति को ब्यवस्था गरेर अझ गुणस्तरीय शिक्षाको थालनी थालेका छौ भनेर भनेका छन ।
सो अवसरमा पालिका अध्यक्ष जयस्वालले पालिकाको प्राङ्गणमा २ वटा गुलमोहर,१ वटा लिचि र २० वटा विभिन्न जातका शो प्लान्ट बृछारोपण गरिएको सुचना प्रबिधि अधिकारी राजेश गोस्वामिले जानकारी गराएका छन ।
कार्यक्रममा बोल्दै वडा नम्बर २ का वडा सदस्य लालबाबु यादवले गणतन्त्र जनताको लागि आएकोले जनताको लागि काम गर्नुपर्ने बताए । यादवले वडा स्तरबाट आएको योजना लाई वडा अध्यक्षले फालिदिने गरेको बताए । बच्चाहरु दिनभर खेल्ने र कुलतमा फस्ने गरेको प्रती पालिकाको ध्यान नगएको प्रती चिन्ता ब्यक्त गरे । केवल कमिशनमा सबै निकाय डुबेको बताउदै यसको बिरोध सबै मिलेर गर्न आग्रह गरे । वडा सदस्य यादवले किसानको लागि आउने मलमा पनि कमिशन,बाटो खर्च ईत्यादिका नाममा कोटा रित्याउने काम भैरहेको प्रती ध्यानाकर्षण गर्दै गणतन्त्र दिवसको अवसरमा यसको अन्त्य हुन जरुरी रहेको बताए । काङ्ग्रेस युवा नेता समेत रहेका वडा सदस्य यादवले निजि बिधालयहरुमा एउटै बिद्यार्थीको हरेक बर्ष एडमिसन गर्ने बहानामा हजारौ कुम्ल्याउन दिदैनौ भनेर भन्दै प्रत्येक बर्ष कमिशनका लागि किताब परिवर्तन गर्न दिनु हुदैन भनेर बताए ।
कार्यक्रममा गाउपालिका उपाध्यक्ष किरण देबि,वडा नम्बर १ का अध्यक्ष लालबाबु मुखिया,वडा नम्बर ७ का अध्यक्ष ईस्लाम मिया,लेखा अधिकृत प्रेमबाबु प्रसाद,रोजगार संयोजक मुकेश प्रसाद गुप्ता,जिन्सी शाखा प्रमुख लक्ष्मी प्रसाद कलवार सहित समस्त बिषयगत शाखाका प्रमुख र कर्मचारीहरु,नागरिक समाजका अगुवाहरु,सन्चारकर्मिहरु लगायताको उपस्थिति रहेको थियो ।
गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमित सिंहले स्वागत गरेको कार्यक्रमको सन्चालन वडा नम्बर ३ का वडा सदस्य राजेश गुप्ताले गरेका थिए ।