साजिर मन्सूर
कलैया,जेष्ठ १६
नेपाल मुस्लिम सेवा समिती बाराले मुस्लिमहरुको पवित्र धार्मिक स्थल साउदिको मक्का मदिनामा हज गर्न जाने हाजिहरुको भब्य सम्मान स्वागत सहित बिदाई गरेको छ
बाराबाट यो बर्ष २८ जना मुस्लिम समुदायका ब्यक्तिहरु हज गर्न गैरहेको आयोजक ले जनाएको छ । हज गर्न जानेहरुलाई दोसल्ला सहित हजमा प्रयोग गरिने विशेष प्रकारको ड्रेस समेत उपलब्ध गराईएको छ ।
आयोजक संस्था नेपाल मुस्लिम सेवा समिती बाराका पुर्व अध्यक्ष हाजी महमद सगिर नेपाल सरकारले गृहमन्त्रीको अदुरदर्शिताका कारण २ लाख पचास हजारमा हुने हज( मुस्लिम को धार्मिक यात्रा)को लागि हज समितिमा आफ्नो मान्छे भर्ती गरेर ४ लाख ६० हजार सम्म लिएर मुस्लिम धर्मावलम्बीमाथी ठूलो अन्याय गरिरहेको आरोप लगाएका छन । बारम्बार बाराका सिडिओ र एसपी मार्फत गुहार लगाउदा पनि सरकारले नसुनेको दुखेसो समाजसेवी सगिरले पोखेका छन ।
कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा र प्रहरी उपरीक्षक होबिन्द्र बोगटिले उठेका गुनासो सम्बोधन गर्ने किसिमले गृह मन्त्रालयलाई आग्रह गर्ने प्रतिबद्धता जनाएका छन । कार्यक्रममा बाराका सबै सुरक्षा निकायका प्रमुख,विभिन्न संघ संगठनका प्रमुख लगायतकाले सुभकामना दिएका छन ।
आयोजक संस्थाका अध्यक्ष अनवर अन्सारीले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव मकसुद अन्सारीले गरेका थिए ।