साजिर मन्सूर
कलैया,जेष्ठ २५

शि लिड्स (महिला नेतृत्व कार्यक्रम) अन्तरगत परियोजना लागू रहेको बाराका ६ वटा पालिकाहरुका निर्वाचित महिला वडा सदस्यहरू सम्मीलित जिल्ला स्तरीय सन्जाल गठन भएको छ ।कलैयाको दास गेस्ट हाउसमा भएको सन्जाल गठनमा कार्यक्रम लागू रहेको महागढिमाई नगरपालिका,कोल्बी नगरपालिका,निजगढ नगरपालिका,प्रसौनी गाउपालिका,परवानिपुर गाउपालिका,आदर्श कोत्वाल गाउपालिका स्तरमा यो सन्जाल गठन भैसकेको र ती गठित सन्जालको प्रतिनिधि भएर प्रत्येक पालिका बाट ४/४ जना आएर जिल्ला स्तरिय सन्जाल गठन भएको संस्थाका बारा कार्यक्रम संयोजक राजु साहले जानकारी गराए ।

जिल्ला स्तरिय सन्जालको संयोजकमा निजगढ नगरपालिका बाट मनमाया तामाङ्ग र सचिवमा आदर्श कोत्वाल गाउपालिकाबाट प्रमिला कुमारी चौधरी सर्वसम्मत चयन भएका छन । यस्तै सदस्यहरुमा निजगढ नगरपालिकाबाट बबिता श्रेष्ठ,भगवती घिमिरे,मिना चौरेल,कोल्बि नगरपालिकाबाट महालक्ष्मी देवि पनुहर,सल्मा कुमारी भुजेल,उर्मिला कुमारी चौधरी,किरण कुमारी राम,आदर्श कोत्वाल गाउपालिकाबाट सुनिता देबि,पुजनी कुमारी देबि,सहोदरी देबि चमैन,महागढिमाई नगरपालिका बाट शानपती देबि लहेरिन,शानमती देबि राम,अन्जुली कुमारी,सम्पती यादव,परवानिपुर गाउपालिकाबाट लक्ष्मी देबि नुनिया,चिन्ता पास्वान,इन्द्रकलिया देबि चमैन,उमा देबि चमार, प्रसौनी गाउपालिकाबाट माला सहनी,सुनैना देबि कल्वारिन,मोतिजन खातुन र कोहरी देबि भरिन सर्वसम्मत चयन भएको कार्यक्रम संयोजक साहले जनाएका छन ।
साहले सन्जालको उदेश्यका बारेमा बताउदै नेतृत्व स्थितिमा रहेका अन्य महिलाहरूसँग समन्वय गर्न, उनीहरूका अनुभवहरू साझा गर्न, र एकअर्काबाट सिक्न सन्जालले एक सहयोगी समुदाय निर्माण गर्न र सल्लाह र समर्थनको लागि अवसरहरू प्रदान गर्न मद्दत गर्न सक्ने बताएका छन । सार्वजनिक कार्यालयमा महिलाहरूसँग सम्बन्धित मुद्दाहरूमा जानकारी र स्रोतहरू उपलब्ध गराउन र यसमा सफल अभियानहरू चलाउन, बजेट प्रबन्ध गर्न, र समस्याहरुसँग काम गर्ने उत्कृष्ट अभ्यासहरू समावेश गर्न आज जिल्ला स्तरिय संजाल गठन गरिएको बारा कार्यक्रम संयोजक साहले जनाए ।

अस्ट्रेलियन एड र स्विस सरकार बिकास सहयोग एसडिसी को आर्थिक सहयोग तथा आइ एफ ई एस को प्राबिधिक सहयोगमा जिल्ला स्तरिय सन्जाल निर्माण गरिएको हो ।
सन्जाल निर्माणको सहजीकरण मान्डविको मास्टर ट्रेनर निभा सिंह र रामआज्ञा साहले गरेका थिए । सहभागीहरिलाई संस्थाका समाजिक परिचालक राजिव चौधरीले स्वागत गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर