साजिर मन्सूर
कलैया,जेष्ठ २७
मौसम प्रतिकुलता र जल वायु परिवर्तनका कारण एकासी बढेको गर्मिका कारण वर्षा नहुदा जनजिवन अत्यधिक प्रभावित भएको कारण बाराका १० गाउका मुस्लिम समुदायहरु सामुहिक नमाज पढेर अल्लाह पाक सङ्ग पानी माग गर्दै ईस्तिस्काको नमाज पढ्दै दुवा माग गरेका छन । कलैया उपमहानगरपालिका वडा नम्बर १७ ब्रहम्पुरीको सामुदायिक नर्सरीमा सामुहिक नमाजको आयोजना गरेर दुवा मागिएको हो । यो नमाज ईदुल फित्र ईदको नमाज जस्तै पढिने भएपनी यसमा दुवा माग्दा उल्टो हात गरेर दुवा मागिएको थियो । मुस्लिम अगुवाहरुले यो नमाज मुस्लिम समुदायको पाक किताब कुरान हदिसमा समेत यसको ब्याख्या गरिएको बताउदै सो बेला पनि पानी नपरेर मानव जीवन बेहाल भएको बेला मुस्लिमहरुको नबि मुसा अलैहिस्स्लामले खुल्ला ठाउमा गएर सामुहिक नमाज पढाएर दुवा मागेपछि अल्लाहले पानी वर्षा गराएको बताए । यो नमाज पढ्न सबैले पुरानो कपडा लगाएर सहभागी भएका थिए । एकदमै टन्टलापुर्ण घाम र गर्मिका समय खुल्ला आकासमुनी उभेर यो दुवा गरिएको कलैया उपमहानगरपालिका वडा नम्बर १७ ब्रहम्पुरिका अध्यक्ष दिपेन्द्र कुश्वाहाले बताए । वडा अध्यक्ष कुश्वाहाले सबैले त्यस्तो घाममा बसेर रोएर आफ्नो अल्लाहसङ्ग बर्शातको लागि दुवा गरेको देखेर अत्यन्तै खुशी लागेको बताए । अहिलेको प्रचण्ड गर्मिका बेला हामी घरमा बसेका बेला सारा मानव जगतको कल्याण का लागि गरिएको यस्तो कठिन प्रार्थनाका लागि वडा अध्यक्ष कुश्वाहाले सारा मुस्लिम समुदायलाई धन्यवाद दिदै अल्लाहले सबैको प्रार्थना पुर्ण हुनेमा बिश्वस्त भएको बताए ।
यो नमाजमा कलैया भवानिपुर,कलैया बजार,पर्शा टोल,बैजनाथपुर,रामपुर,बनजरिया,ब्रहमपुरी,सुराही,ईनर्वा,हरपुर,मझौलिया लगायतका अन्य गाउका मुस्लिम समुदायहरु सहभागी रहेको मुस्लिम अगुवा युवा समसाद मन्सूरले जनाए । जामे मस्जिद भवानिपुरका अध्यक्ष अलाउदिन मन्सूरले नमाज पढ्नमा आवस्यक ब्यवस्थापन मिलाएकोमा कलैया उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष कुश्वाहालाई धन्यवाद दिए । ईस्तिस्काको नमाज र दुवा चर्चित मौलाना तथा मदर्शा सल्फिया कन्जुल उलुम रङ्गपुरको अध्यक्ष हाजी अब्दुल रहमानले पढाएका छन ।
यस अगाडी बिकासका नाममा बन जङ्गल अनावश्यक अतिक्रम,पुराना पुराना ठुलो ठूलो रुखको कटानी,स्थानिय तह आएपछि अनावश्यक रुपमा बिकासका नाममा आवस्यकता नभएको ठाउमा ढलान बाटो जस्ता कार्यले समेत जमिनको जल स्तर सुक्दै गएकोले यस्तो अवस्था आएको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बताएका थिए । दासले समयमै यसको दुरगामी ब्यवस्थापन नगरिए यो भन्दा पनि भयावह अवस्था आउन सकिनेमा सम्बन्धित निकायको ध्यान जान जरुरी भएको बताएका छन ।







