
साजिर मन्सूर
सिमरा,जेष्ठ २७
हलखोरिया साझेदारी वन उपभोक्ता समूहको अध्यक्ष पदमा विकल्प भट्टराई निर्वाचित भएका छन । शनिबार भएको निर्वाचन प्रक्रियाबाट युवा नेता भट्टराई निर्वाचित भएका हुन । भट्टराईले २ सय १६ मत ल्याएर निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी ध्रुव यादवले १ सय २७ मत ल्याउनुभएको थियो । यस्तै मुक्ति यादवले ४ मत पाए ।
हल खोरिया हलखोरिया साझेदारी वन उपभोक्ता समूहको शुक्रबार साधारण सभाको उद्घाटन सत्र भएको थियो ।
यता भट्टराईले जितेपछी अब हलखोरियामा ब्यवस्थापन सङ्गै लाभग्राहिहरुको हकमा काम गरिने प्रतिबद्धता जनाएका छन । भट्टराईले बन जङ्गल को अनावश्यक बिनासले अहिलेको जलबायु परिवर्तन भएर अत्यधिक कस्टकर जीवन जिवनु परेकोले अब हलखोरियाले सबै तिर बृछारोपण गराउने अभियान समेत थाल्ने बताएका छन । बन जङलको बिनासले जल स्तर सुकेर खानेपानी को समेत हाहाकार भएको प्रती आफू गम्भीर बनेको बताएका छन ।