साजिर मन्सूर
कलैया,जेष्ठ ३०
अस्लिल गित र डिजे देशभर बन्द गराउन पहलका लागि रास्ट्रीय महिला आयोगलाई अस्लिलता मुक्त समाज निर्माण अभियानका सम्योजक साजिर मन्सूरले ज्ञापन पत्र बुझाएका छन । मन्सूरले आयोगकी सदस्य जया घिमिरे मार्फत ज्ञापन बुझाएका छन ।
समाजमा बिधमान हानिकारक अभ्यासहरु जस्तै दाइजो, तिलक,बाल बिवाह,बहुबिवाह,बोक्सी आरोप लगायतका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रास्ट्रीय महिला आयोग द्वारा आयोजना गरिएको कार्यक्रम जिल्ला समन्वय समिती बाराको सभा हलमा सम्पन्न भएको हो ।
सो अवसरमा बारा बार एशोसिएशन का कोषाध्यक्ष सुर्यजित सिंहले बारामा महिला हिंसा सहित समाजमा बिधमान हानिकारक अभ्यासहरुका स्थिती बारेमा प्रस्तुतीकरण गरेका थिए ।
सिंह द्वारा प्रस्तुत गरिएका अवस्थाका बारेमा सहभागिहरुले आ आफ्नो धारणा राख्दै समाज मा बिधमान हानिकारक अभ्यासहरुलाई निर्मुल पार्नमा जोड दिएका थिए ।
महिला अधिकारको लागि तिनै तहका सरकार ईमान्दार भएर लाग्नुपर्नेमा आयोगको सदस्य जया घिमिरेले बताईन । घिमिरेले आर्थिक शसक्तिकरण भए मात्र महिला हिंसा न्यूनीकरण हुनेमा आफू बिस्वस्त भएको बताईन । राजनीतिमा समेत कमसे कम १ तिहाई महिला प्रमुख पदमा निर्वाचित हुनुपर्ने बताईन । घिमिरेले प्रशासनिक र कानुनी छेत्रमा समेत ३३ प्रतीशत महिला हुनुपर्ने बताईन । बाराको यो कार्यक्रमबाट आएका सुझावलाई महिला आयोगले गम्भीरता पुर्वक लिएको बताईन ।
रास्ट्रीय महिला आयोगका माननीय सदस्य जया घिमिरेको अध्यक्षता एवम ,जिल्ला समन्वय समिती बाराको प्रमुख नरेन्द्र साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका का प्रमुख बिनोद साह,उप प्रमुख रौषन प्रविण,बारागढी गाउपालिकाको अध्यक्ष अशोक जयस्वाल,जितपुर सिमरा उपमहानगरपालिकाको उप प्रमुख भोला प्रसाद अधिकारी, प्रजिअ नवराज सापकोटा,प्रहरी नायब उपरीक्षक पुरुषोतम पान्डे,लोसपा को प्रभावशाली महिला नेतृ पिन्की यादव,महिला अधिकारकर्मीहरु टिना सुवेदी, शिला साह,निभा सिंह,किशमती राम,मन्जु सुवेदी,गौरी ढकाल,एमाले नेत्री प्रतिमा यादव,नेपाल पत्रकार महा संघ बाराका अध्यक्ष रेशम तिवारी,प्रहरी निरीक्षक रागिनी यादव,जिल्ला महिला सन्जाल बाराको सदस्य बसुन्धरा गैरे,बाल अधिकारकर्मिहरु,सन्चारकर्मिहरु लगायतकाको उपस्थिति रहेको रास्ट्रीय महिला आयोग को नायब सुब्बा सुनिता थापाले जनाईन ।
आयोगको चन्द्रा थापा मगरले कार्यक्रमको सन्चालन गर्दै कार्यक्रमको बारेमा प्रस्तुति गरेकी थिईन ।