साजिर मन्सूर
कलैया,असार १
नेपाली लाई अनागरिक बनाउन पाइदैन भन्दै काङ्ग्रेस बाराका सचिव एवम प्रदेश कै चर्चित नेता राजेश रौनियारको अगुवाईमा जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ । नेता रौनियार सङ्गै गएका युवा नेताहरुले अबिलम्ब आफुहरुको माग सम्बोधन नगरिए आन्दोलन थाल्ने बताएका छन । बाराका प्रजिअ नवराज सापकोटा बिदामा रहेकाले शाखा अधिकृत अन्कुश आचार्यले सो ज्ञापन बुझ्दै यथाशीघ्र यो पत्र संबंधित स्थानमा पुर्याउने बताएका छन ।
रौनियारले नागरिकता बिध्येक अबिलम्ब कार्यान्वन को लागि नेपाल सरकार लाई धन्यवाद दिदै थप दवाब को लागि बारा जिल्ला प्रशासन कार्यालय पुगि ग्यापन पत्र बुझाएको बताएका हुन ।
ज्ञापन पत्र जस्ता को त्यस्तै