प्रीयन्का दास
कलैया,असार ८

परवानिपुर गाउपालिकाको १२ गाउँ सभा सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष राम छेत्री कुर्मिले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन । गाउँ सभाले आव २०८०/०८१ का लागि ३५ करोड ७७ लाख ४४ हजारको बजेट प्रस्तुत गरेको हो ।
गाउपालिका अध्यक्ष रामछेत्री कुर्मी को अध्यक्षता एवम पुर्व मन्त्री तथा बारा निर्वाचन छेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सान्सद ज्वाला साहको प्रमुख आतिथ्यमा भएको सभामा प्रदेश सभा सदस्य देव नारायण चौधरी,गाउपालिका उपाध्यक्ष सुगान्धी देबि कनुईन,वडा अध्यक्षहरु,गाउँ सभा सदस्यहरु,पुर्ब उप सभापति मोहन यादव ,समाज सेवि एवं नेपाली काङ्ग्रेस का नेता शिव शंकर पटेल ,परवानीपुर गाउपालिका नेकपा माओवादी अध्यक्ष लालबहादुर पटेल ,लोसपा अध्यक्ष जगत महतो ,नेकपा एमाले जिल्ला स.सदस्य धुरुप यादव ,जसपा महिला नेत्री रिता पटेल , काग्रेस युवा नेता सुनिल पटेल ,सम्पुर्ण शाखा प्रमुखहरु,सन्चारकर्मी एवम पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि साहले औधोगिक करिडोरमा रहेकाले यस गाउपालिकाको बिकासका लागि राज्यले बिशेष योजना सहित को बजेट उपलब्ध गराउनुपर्नेमा जोड दिइन । गाउपालिका अध्यक्ष छेत्रीले बजेटमा गाउपालिकाको शिक्षा स्वास्थ खानेपानी तथा सरसफाइ लाई विशेष प्राथमिकता दिएको बताए । छेत्रीले गाउपालिकाको हरेक वडा बाट बस्ती स्तरको योजनालाई प्राथमिकिकरण गरि बजेट छुट्याएको बताए । उनले सबै दलका प्रतिनिधिको साझा नीति कार्यक्रम तयार गरेको बताउदै समग्र गाउपालिकाको बिकासका लागि सबै मिलेर अगाडी बढ्नुपर्ने बताएका छन ।
यस्तै गाउपालिका उपाध्यक्ष कनुईनले आफुले गाउपालिकाको हरेक महिलाको आवस्यकता लाई बजेट मार्फत सम्बोधन गर्ने प्रयास गरेको बताईन ।
गाउपालिका उपाध्यक्षको निर्देशनमा प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार रौनियारले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।शिक्षा शाखा प्रमुख रबिन्द्र कुमार मिश्रले स्वागत गरेको कार्यक्रमको सन्चालन स्वास्थ्य शाखा प्रमुख प्रदिप कुमार राउतले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर